आजको मौसम : हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराई भागका केही स्थानमा […]











