३० आश्विन २०८३, शुक्रबार
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

पलुकिसी जात्रा १२ वर्षपछि सुरु

भक्तपुर, २८ माघ । मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा आज राति सम्पन्न भएको छ । हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए । जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

२८ माघ, काठमाडौँ । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए । ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट […]

अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी

भेरीगङ्गा सुर्खेत, २८ माघ । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो । आर्थिक वर्ष […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

२८ माघ, फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्नेछन् । न्यू होराइजन बुटवललाई हराएर डडेल्धुरा फाइनलमा पुगेको हो भने डिसिए धनगढीलाई पराजित गर्दै अत्तरिया अन्तिम २ मा सुरक्षित भएको हो । […]

अर्थ जीवनशैली बागमती मुख्‍य समाचार समाचार समाज

खुवा बिक्री गरेर मासिक एकलाख आम्दानी

२८ माघ, मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएको छ । उ यसै पेसाबाट आत्मनिर्भर बन्दै आएको हो । उसको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ । खुवा व्यवसायमा लाग्नुअघि […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जङ्गली बँदेल बस्तीमा पसेर बालीमा क्षति

महोत्तरी, २८ माघ । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ । “हेर्नोस, हाम्रो गाउँको पुछारमा दशगजा नेपाल भारत सीमा नजिकका झाडीमा बँदेलका तीन/चार पुस्ता देखिन्छन्” जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डल भन्छन्, “यिनलाई किसानले लगाएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताएका छन् । सामबार काठमाडौंमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका प्रकृति र स्वरुप जसरी परिवर्तन भइरहेको छ त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकिकरण गर्नुपर्ने बताए । उनले […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

‘स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक’

चितवन, २८ माघ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलियाले कक्षा १२ अध्ययनपछि विदेश जाने प्रचलनले नेपालका कलेजमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताएका छन् । यहाँस्थित श्री कलेज अफ टेक्नोलोजी र श्रीचितवन कलेजको १६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीलाई आकर्षित गर्न अवसर सिर्जना गर्ने शैक्षिक कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । उपकुलपति प्राडा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै

काठमाडौँ, २८ माघ । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो […]

अर्थ पर्यटन मधेश मुख्‍य समाचार विचार समाचार समाज

सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा, २८ माघ । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

पूर्वाधारका पर्खाइमा सुनछहरा

म्याग्दी, २८ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सिमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले […]

बागमती मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार सूचना प्रविधि

पुस्तक सार्वजनिक

काठमाडौँ, २८ माघ । चन्द्रागिरि नगरपालिका , न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरुलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ । पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१/८२को पुस मसान्तसम्म गरेका निर्णयलाई सङ्ग्रहित गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा पुस्तकको सार्वजनिक गरे । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज […]