२९ आश्विन २०८३, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

१ फागुन, टेक्सस (अमेरिका): अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक […]

बागमती मुख्‍य समाचार विचार समाज सूचना प्रविधि

छ महिनामा काभ्रेमा  तीन सय ५२ अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोक, १ फागुन । यहाँ छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक बर्षको अर्धबार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी यूनिटद्वारा उक्त सङ्ख्याका अभियुक्त पक्राउ भएको जनाइएको हो । प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध

१ फागुन, रामपुर (पाल्पा) । रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो । पूर्णअपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सो सामग्री उपलब्ध गराएको जनाएको छ । हिँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फाल्गुन महिनामा नसर्ने रोगहरू(मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचानका लागि अभियान २०८१ संचालन गर्दैछ । विहीबार काठमाडौंमा एक कार्यक्रमको बीच मन्त्रालयले ‘नसर्ने रोगहरु पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका २०८१’ अनुसार स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट फाल्गुन महिना […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् । गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता

१ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनले संविधानको […]

बागमती मुख्‍य समाचार समाचार समाज

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

कमलामाई सिन्धुली, १ फागुन । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो । बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, […]

कोशी पर्यटन मुख्‍य समाचार समाचार समाज

आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

१ फागुन, फिक्कल (इलाम) । दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा विदा

जुम्ला । जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले विदा दिएका छन् । सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णय अनुसार कार्यालय तथा मातहतका निकायहरूमा विदा दिइएको उल्लेख गरिएको छ । त्यस्तै, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण […]