२९ आश्विन २०८३, बिहीबार
कोशी बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय देशभरमा दोस्रो

फिक्कल इलाम, २ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ । गत वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यस वर्ष पनि ८० दशमलव दुई अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव सात अङ्क […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज सूचना प्रविधि

रेडियो स्थानीयस्तरमा सूचनाको भरपर्दो सञ्चारमाध्यम

रामपुर पाल्पा, २ फागुन । रेडियोले समाजको खबर बोल्छ । गाउँघरमा हुने गतिविधि जनतामाझ सुसूचित गराउँदछ । मेलापात, घाँसपात, घरायसी कामकाज होस् या विभिन्न कार्य गर्दा पनि रेडियोलाई सारथी बनाएर सुन्ने श्रोता गाउँघरमा धेरै छन् । बढ्दो सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिएको छ । पढाइलेखाइ, सञ्चार सुविधा पुगेका व्यक्तिका लागि त अनलाइन […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग

पाँचथर, २ फागुन । फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ । गत असोज १२ गते आएको बाढीले पुल बगाएको उक्त स्थानमा ‘बेलिब्रिज’ निर्माण गरी आगामी वर्षायाममा यातायात सञ्चालन गर्न फिदिम नगरपालिकाले माग गरेको हो । प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि पुल निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मित्रप्रसाद […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

म्याग्दी, २ फागुन । सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुुन्तलाखेती हुने गाउँ हो । म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो । ठूला […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

महोत्तरी, २ फागुन । मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । “विद्यालयमा पछिल्लो एक दशकभित्र शिक्षकको नयाँ दरबन्दी भएको छैन, […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

गलकोट बागलुङ, २ फागुन । जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन भएका छन् । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका शारीरिक तथा मानसिक रूपमा कमजोर वृद्ध अहिलेसम्म पहिचानविहीन छन् । करिब ९० वर्षीय उनको नाम, ठेगाना र आफन्त नखुल्दा राज्यले दिने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । लामो समयदेखि […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौँ, २ फागुन । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो । प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै

वीरगञ्ज पर्सा, २ फागुन । पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्ष्यित गर्र्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय यही फागुन १२ गतेदेखि सञ्चालन हुने भएको छ । सङ्घीय मन्त्रिपरिषद्को गत पुस ९ गतेको निर्णयअनुसार दुवै कार्यालय उक्त दिनदेखि सञ्चालन हुने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले बताए । उनले भने, “पर्साका सात वटा पालिकाका […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

भद्रपुर झापा, २ फागुन । यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व सङ्कलन गरेको छ । प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार पाँच सय ६९ रजिष्ट्रेसन पारित भएका छन् । यसैगरी मृत्युपछिको नामसारी पाँच सय ६७, घर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौँ, २ फागुन । सरकारले संयुक्त अरब इमिरेट्स युएई बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती

जलेश्वर, २ फागुन । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपम सुर्तीखेती गर्न थालेका छन् । सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान […]