२९ आश्विन २०८३, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

तोलामा चार सयले बढ्यो सुनको मूल्य

२ फागुन, काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो । बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला […]

मधेश मुख्‍य समाचार समाचार समाज

घुम्ती शिविरबाट सात हजार बढी लाभान्वित

महोत्तरी, २ फागुन । मटिहानी नगर कार्यपालिकाको कार्यालयले गत माघ २३ गतेदेखि बिहीबारसम्म मटिहानीमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट सात हजार छ सय ९६ जनाले सेवा लिएका छन् । शिविरमा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा प्रवाह गरिएको थियो । शिविरमा सबैभन्दा बढी दुई हजार पाँच सय ८७ जनाले सेवा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको दाबी गरेका छन् । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग कुरा गर्दै उनले भारत र बंगलादेशसँग भएको व्यापार सम्झौता नेपालको समृद्धिको सपना पुरा गर्ने बताए । उनले भने, ‘भारत र बंगलादेशसँग मैले धेरै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छ : कृष्णप्रसाद पौडेल

काठमाडौँ, २ फागुन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सकिएको छैन । त्यसका लागि समयसीमा तोकेर ऐन कानुन तर्जुमा गर्ने तथा प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्फ हामी क्रियाशील हुनुपर्छ । मुलुकको आर्थिक अवस्थामा केही सुस्तता आएको छ । यसबाट नागरिकमा छाएको निराशालाई चिर्न सक्नुपर्छ । जनताको इच्छा र अपेक्षा पूरा गर्न अर्थतन्त्रलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

रसुवा, २ फागुन । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले  रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् । आयोजनाले ठूला तथा साना सवारी साधन हाक्ने प्रशिक्षण, विविध सवारीसाधनको मर्मत, ‘वायरिङ, वेल्डिङ’,  सिलाइकटाई, शृङ्गार र कोरियाली तथा जापानी भाषा प्रशिक्षणको व्यवस्था गरेर आयोजना क्षेत्रका स्थानीयको जीवनस्तर सुधारमा सघाइरहेको छ । जलविद्युत् आयोजना […]

बागमती मुख्‍य समाचार समाचार समाज

फाखेल–हुमाने सडक बन्द

मकवानपुर, २ फागुन । काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले राससलाई बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनयुद्ध दिवसको अबसर पारेर कालु गुरुङलाई सामाजिक बहिस्कार सुरु

काठमाडौँ । विवादित छविका व्यवसायी कालु गुरुङलाई सामाजिक बहिस्कार अभियान सुरु गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौँका मुख्य शहर र चोकमा पोष्टर टाँसेर गुरुङलाई सामाजिक बहिस्कार अभियान सुरु गरेको हो । गुरुङ जोडिएका विभिन्न प्रकरण र काण्डलाई पोष्टरमा बुँदागत रुपमा उल्लेख गरिएको छ । काठमाडौँका मीनभवन आसपास, चावहिल, सुन्धारा, […]

मधेश मुख्‍य समाचार समाचार समाज

अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ

जनकपुर । जनकपुरधाममा अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोडर्न अस्पताल संचालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । विना दर्ता अस्पताल संचालन गरी बिरामी ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मुख्यमन्त्री सतीश कुमार सिंहले अनुगमनको क्रममा दर्ता […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एनआरएनएको नयाँ सदस्यता तथा सदस्यता नवीकरण खुल्ला, वेबसाइट सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ। नयाँ वेबसाइट www.nrnahlc.com  मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कलाकार भन्छन् : भ्यालेन्टाइन मनाउने कुनै विशेष दिन कुर्नु पर्दैन्

काठमाडौं । नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रुपमा मनाउने चलन बढ्दै गइरहेको छ । विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रुपमा मनाउने गरेका छन् । यस दिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरु दिएर माया दर्शाउने र आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ । विशेषगरी […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’

फिक्कल इलाम, २ फागुन । अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए। महोत्सवमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

चौवन्न प्रतिशत सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा ५४ प्रतिशत प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट […]