तरकारीखेतीबाट सात लाख आम्दानी
कञ्चनपुर, ४ फागुन । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । दुई दशकदेखि तरकारीखेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका छन् । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानेका छन् […]











