२९ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्नु आवश्यक छः मुख्यमन्त्री पाण्डे

गोरखा, ५ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् । गोरखा नगरपालिका–१० स्थित तारानगर स्वास्थ चौकीमा आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवाको आज शुभारम्भ गर्दै उनले कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि विनियोजन गर्नुपर्नेमा सरकार प्रयत्नशील रहेको बताए । “स्वस्थ्य नागरिक, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

५ फागुन, काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्वाचित भएका छन। आइतबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा माधव अधिकारी र विनोद कार्की छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र थापा, गोपाल अधिकारी र दिपेश वस्याल निर्वाचित भएका छन्। […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

दोधारा चाँदनी कञ्चनपुर, ५ फागुन । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बस्ने  १०८ वर्षीया तुलसादेवी देउवाको आइटी फ्याक्चर खुट्टाको शल्यक्रिया सफल भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा दुर्गेस चौधरी, डा सुवर्ण पौडेल, डा मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको थियो । […]

अन्तर्वार्ता मुख्‍य समाचार विचार समाचार समाज

परराष्ट्रमन्त्री डा देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह

काठमाडौँ, ५ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच आज भेटवार्ता भएको हो । सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुई सदनबीच द्वन्द्व निम्त्याउने काम भयो : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण निर्माण गर्न नहुने बताएका हुन् । उनले भने, ‘प्रतिनिधिसभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रू सात करोड ३० लाख बढीको क्षति

५ फागुन, खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रू सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरू भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो । आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

आजदेखि कर्णाली उत्सवः ‘कुडा कर्नालीका’

कर्णाली, ५ फागुन । कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ यहाँको पहिचान दिने र सम्भावना केलाउने मञ्च भएको बताइएको छ । ऋति फाउण्डेसनद्वारा आजदेखि तीन दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करण २०८१ का संयोजक कमल लम्सालले विचारहरुको मन्थनबाट कर्णालीको सम्भावना र भविष्य खोज्ने थलोका रुपमा उत्सव मनाउन थालिएको बताए । कर्णाली उत्सवको […]

मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

प्रधानमन्त्री ओली दाङमा

५ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख लगायतले स्वागत गरेका थिए। उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सचिव […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन

काठमाडौँ, ५ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी साम्बा आज स्वदेश फर्किएकी छिन् । फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् । उनलाई अखिल नेपाल फुटबल सङ्घ एन्फा का प्रवक्ता सुरेश शाहलगायतले अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

प्रकृति दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थाल्यो : पूर्वराष्ट्रपति यादव

महेन्द्रनगर धनुषा, ५ फागुन । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेकामा दुःख व्यक्त गरेका छन् । आज जनकपुरधाममा ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा उनले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेसमा बर्सेनि पानीको सङ्कट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पेट्रोलियम पाइपलाइनबाट आयात सुरु

बागमती, ५ फागुन । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रुपमा पेट्रोलियम पदार्थ ल्याउन […]