२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाः कर्मचारीमाथि दुर्व्यवहार भएकामा आपत्ति

काठमाडौँ, ६ फागुन । राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताए। सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका –६ का जनप्रतिनिधिले कर्मचारीलाई आक्रमण गरेकामा आपत्ति जनाउँदै छानबिनको माग गरे । अर्का […]

बागमती मुख्‍य समाचार समाचार समाज

गणतन्त्रको प्रवेश विन्दु २००७ साल : प्रमुख सचेतक परियार

काठमाडौँ, ६ फागुन । नेपालको राजनीतिक इतिहासमा २००७ साल देशमा प्रजातन्त्र स्थापना गर्ने अभियानको महत्त्वपूर्ण पानी ढलो हो । समाजको विकास क्रमलाई नियाल्दा एउटा क्रमागत विकास र अर्को क्रान्तिकारी बाटो अपनाइन्छ । छिटो नतिजा प्राप्त गर्ने भनेको आन्दोलन र विद्रोह नै हो । २००७ सालमा प्रजातन्त्र नआएको भए विसं २०६२/६३ मा गणतन्त्र सम्भव थिएन । […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

तीन सय विपन्न परिवारलाई कम्बल वितरण

कञ्चनपुर, ६ फागुन । यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले ३०७ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्षका लागि तय गरिएको कार्यक्रमअन्तर्गत १२ वटै वडाका अति विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिलालगायतलाई कम्बल वितरण गरेको हो । वडा कार्यालयबाट सिफारिस भई आएका नामावलीका आधारमा कम्बल वितरण गरिएको नगर उपप्रमुख कल्पना पन्तले जानकारी दिए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रिय स्वीकार्यलाई केन्द्रमा राखेर संविधान संशोधनः प्रमुख सचेतक बर्तौला

काठमाडौँ, ६ फागुन । एक सय चारवर्षे जहानियाँ राणाशासनलाई समाप्त गरी नागरिकको अधिकार सुनिश्चित गरेको महत्त्वपूर्ण दिनका रुपमा हामीले प्रत्येक वर्ष फागुन ७ गते ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाउँदै आएका छौँ । जनताको आन्दोलनले जितेको एउटा महत्वपूर्ण दिनका रुपमा फागुन ७ लाई स्मरण गरिन्छ । तर दुर्भाग्य नै भन्नुपर्छ, जनताको अधिकारमाथि त्यतिबेलादेखि धोकाधडी भए । प्रकारान्तमा […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

जुम्लामा १०२८ जनाले पाए घरदैलो निःशुल्क स्वास्थ्य सेवा

६ फाल्गुन, मुगु । कर्णाली प्रदेशको जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् । हिमा गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा हिमा, सिंन्जा गाँउपालिका र कालीकोटको नाग्मामा बस्ने नागरिकले सेवा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनकोे माग

काठमाडौँ, ६ फागुन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनकोे माग गरेका छन् । आजको राष्ट्रियसभाको बैठकमा बोल्दै लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रुपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

ललितपुर, ६ फागुन । बालविवाह अन्त्यका लागि विद्यमान ऐन, कानुुन, नीतिको व्यावहारिक प्रचलन र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार यहाँ आयोजना गरेको ‘विवाहको उमेर सम्बन्धमा कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक छलफलमा सहभागीले बालविवाह हुने समुदाय, वर्गलाई लक्षित गरी प्रभावकारी कानुन कार्यान्वयनसँगै चेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताएका […]

कोशी खेलकुद पर्यटन मुख्‍य समाचार समाचार समाज

खेल महोत्सवले सितली बजार खचाखच

फिक्कल इलाम, ६ फागुन । जिल्लाको माई नगरपालिका–२ स्थित सितली बजार यतिबेला खेल पर्यटकले खचाखच भरिएको छ । आइतबार १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएपछि खेल पर्यटकको चहलपहल बढ्नुका साथै सितलीमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ । प्रतियोगिता सुरु भएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, व्यवस्थापक, प्रशिक्षक तथा प्रतियोगिता अवलोकन गर्न आएका खेल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलविद्युत उत्पादकलाई हात बाधेर राखियो : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत आयोजना ः लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले १५ खर्ब रुपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८ हजार […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्

६ फाल्गुन, काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन । जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र […]

कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार

फुङ्लिङ ताप्लेजुङ, ६ फागुन । यहाँको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि दन्त परीक्षण गरी पूर्ण वा आंशिक रूपमा दाँत उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिए । दक्ष […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

क्यान्सरपीडितद्वारा सहयोगको याचना

जुम्ला, ६ फागुन । रक्त क्यान्सरबाट पीडित यहाँको गुठीचौर गाउँपालिका–५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेका छन् । छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गरेका हुन् । भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचाररत छन् । छोरा दीपेन्द्रका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले […]