२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘राजाहरुबाट भएको योगदानलाई अबमूल्यन गरेर प्रजातन्त्र सुदृढ हुन सक्दैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगतमा राजाहरुबाट भएको योगदानलाई अबमूल्यन गर्ने प्रवृत्तिले राष्ट्र विकास र प्रजातन्त्र सुदृढ हुन नसक्ने बताएका छन् । बुधबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले षड्यन्त्र पूर्वक नै भएपनि राजसंस्थालाई पाखा लगाएको भन्दै राजसंस्थाबाट भएको कामलाई अबमूल्यन गर्न नहुने बताए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको होः सञ्चारमन्त्री

काठमाडौँ, ७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एमालेमा आफूलाईमात्रै शुद्ध ठान्ने र पूर्वाग्रह राख्ने संकीर्णवाद छ : उपमहासचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले एमालेभित्र संकीर्ण र दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै उनले एमालेको आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, पूर्वाग्रह राखिराख्ने जस्तो […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

मन्थली नगर कप : पुरुष भलिबलको उपाधि चिसापानीलाई , महिलाको उपाधि भटौलीलाई

रामेछाप । मन्थली नगरपालिकाको तेस्रो मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । चिसापानीले मन्थली–१० चनखुलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । बुधबार मन्थलीमा भएको खेलमा चिसापानीले चनखुलाई २५–१९, २५–९ र २५–१२ ले हराएको छ । उपाधि सहित चिसापानीले नगद १ लाख रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चित्रकला, संगीत र साहित्यिक कार्यक्रमबाट बालबालिकाको चौतर्फी विकासमा सहयोग हुन्छ : प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरुको चौतर्फी विकासमा योगदान पुग्ने बताएका छन् । सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुने त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका विधाहरु महत्वपूर्ण हुने भन्दै उनले राख्दै बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

‘राष्ट्रको स्वाभिमान जनताले संरक्षण गरेका हुन्’

कटारी उदयपुर, ७ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको स्वाभिमान नेपाली जनताले संरक्षण गरेका बताएका छन् । आज प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको पूर्णकदको शालिक अनावरण गर्दै उनले जनताको योगदानबाट राष्ट्रको स्वाभिमान संरक्षण भएको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले एक सय १६ वर्ष अगाडि जन्मिनुभएका थुलुङले […]

कोशी मुख्‍य समाचार समाचार समाज

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

खाँदबारी सङ्खुवासभा, ७ फागुन । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौँ–तुम्लिङटार […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन

नारायणगढ चितवन, ७ फागुन । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो । तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकाहरूलाई मिष्ठान्न भोजन खुवाइएको हो । सो अवसरमा स्व […]

अर्थ पर्यटन मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार

गलकोट बागलुङ, ७ फागुन । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो । करिब रु ३४ करोड लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा रु ७० लाख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्न आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले धेरै साथीहरुको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् । बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यो व्यवस्था ल्याउन लडेकाहरुको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

प्रजातन्त्र दिवसको अवसरमा गौरमा विभिन्न कार्यक्रम

रौतहत । गौर नगरपालिकामा ७५ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको अध्यक्षतामा प्रभातफेरी, शहिद प्रति माल्यापण र झण्डा तोलन लगायतका विभिन्न कार्यक्रम गरिएको हो । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको उपस्थितिमा प्रभातफेरी गरिएको गौर नगरपालिकाले जनाएको छ । गौर नगर प्रमुख साहले प्रजातन्त्रकै जगमा लोकतन्त्र […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ

फुङ्लिङ ताप्लेजुङ, ७ फागुन । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् । प्रेस सेन्टर ताप्लेजुङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको स्पष्ठ पारे । उनले भने, “पूर्ण […]