२९ आश्विन २०८३, बिहीबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

सोहिजनका बोट फुलेर सेताम्यः किसानको मुहारमा खुसी

महोत्तरी, ९ फागुन । सोहिजनका बोट रुखमा सेताम्य फूलेपछि यहाँका किसान खुसी भएका छन् । बोलिचालीमा मुन्गा भनिने यो तरकारीको मधेसको मिथिला क्षेत्रमा विशेष महत्व छ । “यसपालि सोहिजन राम्रो फुलेको छ, पूmलअनुसार फल लागे मनग्गे आम्दानी लिन सकिन्छ”, बर्दिबास–२ ओमशान्ति चोकका भोला महतो भन्छन्, “ वैशाखमा त बजार पु¥याउन नपाउँदै बिक्री हुन्छ ।” मिथिलाक्षेत्रमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच शिष्टाचार भेटवार्ता भएको छ । शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ । मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनु पर्नेमा जोड दिएका छन् । अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपउन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘लोपउन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज

वन्यजन्तुलाई पानीका लागि बोरिङ

चितवन, ९ फागुन । चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति […]

बागमती मुख्‍य समाचार समाचार समाज

चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते

काठमाडौँ, ९ फागुन । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन […]

बागमती मुख्‍य समाचार समाचार समाज

करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा विछ्याउँदै कामपा

काठमाडौँ, ९ फागुन । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ््याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी

काठमाडौँ, ९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताए […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

‘विभेद अन्त्यका लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान’

पर्वत, ९ फागुन । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ । जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले दलित र गैरदलित समुदायबीच रहेको विभेदविरुद्ध सन्देश प्रवाह गर्न यस्ता दम्पतीलाई प्रोत्साहनस्वरूप […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘११ः५५’ को गीत ‘रोक्ने छैन्’ सार्वजनिक

काठमाडौं । केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ११ः५५ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको पहिलो गीत ‘रोक्ने छैन्’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ । सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैले एरेञ्ज गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन गर्नेछः अध्यक्ष प्रचण्ड

दमौली तनहुँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताए । बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

पोखरा । नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

केपी ओली कप हेर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

९ फागुन, काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् । इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् । केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरे […]