२८ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ, १९ फागुन । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

पर्वतको जलजलामा दश श्ययाको अस्पताल निर्माण

पर्वत, १९ फागुन । जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० श्ययाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भवनको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । भवनको लागत मूल्यअभिवृद्धि […]

खेलकुद गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको गुनासो

गण्डकी, १९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति राज्यबाट पर्याप्त लगानी नभएको गुनासो गरेका छन् । पोखरामा आयोजित नेपाल साहित्य महोत्सवअन्तर्गत आइतबार ‘फ्री हिटः एनपिएलभन्दा पर’ विषयमा भएको भएको छलफलमा उनले खेलकुदको व्यावसायिक विकासका लागि सरकारले सरकारले बजेट बढाउनुपर्ने बताए । “मन्त्रालय बाँडफाँटका बेलामा पनि राजनीतिक दलको सबैभन्दा […]

बागमती मुख्‍य समाचार समाचार समाज

स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार

काठमाडौँ, १९ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्कीएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मर्मतसम्भार तथा जीर्णोद्धार गरेको हो । पुरातत्व विभागले पुरानैस्वरुपमा मर्मत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

घोराहीमा मगर सङ्ग्रहालय स्थापना

घोराही दाङ, १९ फागुन । मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् । नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष वेदबहादुर बुढामगरका अनुसार मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको भए […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

गलकोट बागलुङ, १९ फागुन । किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । नगरपालिकाले किसानसँगको सहलगानीमा रु। सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए। “मौरीपालनमार्फत आय आर्जन बढाउन […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

जन्मदर्ता प्रोत्साहन गर्न आर्थिक सहयोग

वालिङ स्याङ्जा, १९ फागुन । जन्मदर्ता प्रोत्साहन गर्न  भिरकोट नगरपालिका–८ ले बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिने अभियान थालेको छ । वडा कार्यालयले चालु आर्थिक वर्षदेखि अभियान थालेको हो । बच्चा जन्मेपछि ८ नं वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरुका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले पाँच […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण

भद्रपुर झापा १९, फागुन । भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुने कृषि विकास अधिकृत सुमन विमलीले बताए । उनका अनुसार भद्रपुर नगरपालिकाको विभिन्न तीन स्थानमा रहेका कृषि फर्मबाट किसानले १५ प्रतिशत र बाँकी पालिकाले तिर्ने गरी […]

मधेश मुख्‍य समाचार समाचार समाज

सप्तरीको फत्तेपुर बस्तीमा पस्यो बाघ, तीन जना घाइते

राजविराज — सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणवाट गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ । बिहानै बाघ बस्तीमा पसेपछि अहिले उक्त क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो केही समयदेखि उक्त […]

मधेश मुख्‍य समाचार समाचार समाज

आँप र लिचिमा लाग्न थाल्यो मोजर

रौतहट । मधेस प्रदेशका आठ जिल्ला आँप र लिचिको लागि पकेट क्षेत्र मानिन्छ । विशेष गरि रौतहटमा आँप र लिचिको व्यवसायिक खेती हुने गर्दछ । तर फाल्गुनको पहिलो सातादेखि नै आँप र लिचिमा मोजर/मजुर (फूल) लाग्न थालेका छन् । चैतको मध्यसम्म टिकोरा (आँपको सुरूवाति अवस्था) चिचिला देखापर्ने गर्दछ । अहिले आँप र लिचीमा लागेको फूलले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती

म्याग्दी, १९ फागुन । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुर्व खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ । “हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरु विदेश […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त

मध्यविन्दु नवलपरासी, १९ फागुन । नवलपरासी बर्दघाट सुस्तापूर्वमा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते हिउँदे धान लगाउन व्यस्त छन्  । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ । मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान […]