१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो । सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज विश्व हिमनदी दिवस

काठमाडौँ, ६ चैतः आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ । पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

बाजुरा । बाजुरा तथा देशकै सर्वाधिक विकट हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिंगो गाउँपालिकाभर सञ्चालित शिविरबाट विभिन्न रोगका करिब एकहजार बढी विरामी लाभान्वित भएका छन् । दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरबाट पालिकाका ७ वटै वडाका नागरिकले सेवा पाएका हुन् । पालिकाका ३ ठाउँबाट यहाँका नागरिकलाई निःशुल्क रुपमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ । चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मौसम पूर्वानुमान : आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रामेछाप प्रहरीले सुरु ग¥यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

रामेछाप । रामेछाप प्रहरीले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधन चालकको लागु पदार्थ सेवन (लापसे) गरे नगरेको जाँच सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली नगर अस्पतालसँगको सहकार्यमा सो अभियान सुरु गरेको हो । लापसे गरी सार्वजनिक सवारी चलाउँदा चालक र यात्रुको जीवन जोखिममा पर्ने भएकोले त्यसको नियन्त्रणका लागि यो अभियान सुरु […]

बागमती मुख्‍य समाचार विशेष समाचार

कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनुअघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन् । विहीबार छानो जीर्णोद्धार कार्यको अनुगमन गर्र्दै उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुनेगरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् । बोलपत्रमार्फत छानिएको निर्माण […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, […]

बागमती मुख्‍य समाचार विशेष समाचार

‘धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने’

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । बिहीबार आयोजित ‘ज्योतिष दिवस समारोह–२०८२’ मा बोल्दै उनले धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने बताएका हुन् । उनले पछिल्लो समय धेरै व्यक्तिहरूले विषयवस्तु नबुझीकन धारणा सार्वजनिक गर्ने प्रवृत्ति बढेको उल्लेख […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँ पहिलाे ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ महानगर घोषणा हुँदै

काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर’ घोषणा गर्ने तयारी तथा घोषणापछिकाे संस्थागत र सामाजिक व्यवस्थापनका विषयमा मंगलबार विचार विमर्श गरिएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसँगै अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। छलफलमा कार्यवाहक प्रमुख डंगोलले घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसलाई दीर्घकालीन रूपमा कायम राख्न आवश्यक कानुनी, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’

‘जनताको ‘सप्ट बिद्रोह’लाई सबैले आत्मसाथ गर्दै राष्ट्र घातमा खबरदारी गर्नुपर्छ’ काठमाडौं । जनयुद्धकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)मार्फत हल गर्न प्रचण्डसहितका पुराना दलहरु चुकेको र त्यसको जिम्मा रबि–बानेलको काँधमा आएको वक्ताहरुले बताएका छन् । बिहीबार राजधानीमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले रास्वपा नेतृत्व सरकारका राम्रा कार्यमा साथ दिनेसमेत बताएका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक’

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा २७ औं फ्लोरा एक्स्पोको उद्घाटन गर्दै उनले पुष्प व्यवसाय पनि प्रतिस्पर्धी क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा संलग्न साना व्यवसायीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले विदेशी […]