२६ आश्विन २०८३, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

परशुराम नगरपालिकाद्वारा ‘छोरी, बुहारी छात्रवृत्ति’ कार्यक्रमको निरन्तरता

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले अघिल्लो वर्ष झैं यस आ.व. २०८० र ८१ मा पनि ‘छोरी, बुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गर्नका लागि दरखास्त आह्वान गरेको छ। सामाजिक तथा शैक्षिक विकासमा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिंदै आएको यो कार्यक्रम नगरपालिकाका स्थायी बासिन्दा रहेका छात्राहरू र बुहारीहरूका लागि विशेष अवसर प्रदान गर्ने पहलस्वरूप अगाडि सारिएको हो। […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रियसभाः समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको शून्य समयमा उहाँले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र देवघाटको सम्बर्द्धन र विकासका लागि सरकार सँग अनुरोध गरे । सांसद माया प्रसाद शर्माले काठमाडौँको झोर […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु

काठमाडौँ, नेपाल अतिकम विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुट्न र समन्वय गर्न सबै कर्मचारीलाई निर्देशन दिए । राष्ट्रिय योजना […]

अर्थ बागमती मुख्‍य समाचार समाचार सूचना प्रविधि

नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ, शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार छ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार

पोखरा महानगर प्रमुख र सिछुवानका पर्यटन तथा संस्कृति विभाग प्रमुखबीच भेट

सिछुवान छन्दु, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र चीनको सिछुवान प्रान्तका पर्यटन तथा संस्कृति विभाग प्रमुख वाङ यानबीच आज भेटवार्ता भएको छ । मङ्गलबार पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको सिछुवान प्रान्तको छन्दुमा पहिलो व्यावसायिक चाटर्ड उडानपछि महानगरप्रमुख आचार्य र विभाग प्रमुख लिनबीच भएको भेटमा पोखराबाट छन्दुको नियमित उडान एवं पर्यटकीय साझेदारीलाई लक्षित गरी छलफल भएको महानगरपालिकाको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

परशुराम नगरपालिकामा उत्तर प्रसूति घरभेटसम्बन्धी एकदिने समिक्षा कार्यक्रम सम्पन्न

डडेलधुरा । परशुराम नगरपालिकामा उत्तर प्रसूति घरभेट सम्बन्धी एकदिने समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरू घरघरमा गएर सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुलाई स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श सेवा दिने महत्त्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको नगरपालिका स्वास्थ शाखाले जनाएको छ । नगरपालिकाका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य सेवा केन्द्रमा रहेका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार सूचना प्रविधि

चीनमा अहिलेसम्मकै ठूलो ड्रोनबाट कार्गो उडान

एजेन्सी । चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ । शनिबार बिहान एक टन पेलोड बोक्न सक्ने चीनको पहिलो ठूलो कार्गो ड्रोन, टिपि एक हजारले पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ शहरमा उक्त उडान सफलतापूर्वक पूरा गरेको हो । यो नवीन विमान एयरड्रप क्षमताले सुसज्जित देशको पहिलो ठूलो मानवरहित यातायात विमान […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ :सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए । बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ, ६ चैत । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सगरमाथा संवाद’ निर्देशक समितिको बैठक सम्पन्न

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा संवादको व्यवस्थापन, विदेशका राष्ट्र तथा सरकार प्रमुखसहित अतिथिलाई निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलले आफूहरुलाई […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव

काठमाडौँ, ६ चैत । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । विसं २०७१ चैत ७ गतेदेखि विसं २०८२ वैशाख २९ गतेसम्म युनेस्को […]