२६ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गिरिजाबाबुले नै हो ‘राजा’ फालेको

काठमाडौँ, ६ चैत । २०६३ साल जेठतिर । जनआन्दोलनको रापताप सेलाइसकेकै थिएन । जेठ ४ गते पुनःस्थापित प्रतिनिधिसभाले सारा अधिकारहरू कटौती गरेर तत्कालीन ‘राजा’ ज्ञानेन्द्र शाहलाई ‘निलम्बन’ गरेको थियो। राजा निलम्बन अर्थात् ‘अधिकारविहीन’ भएको अनि राष्ट्रपति नभइसकेको त्यो समय गिरिजाप्रसाद कोइराला नै राष्ट्राध्यक्षको रुपमा हुनुहुन्थ्यो । नेपालको राजनीतिक इतिहासमा त्यो पहिलोपटक भइरहेको जहाँ एक सामान्य […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर

दमौली तनहुँ, ६ चैत । जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध छन्। विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गरेका हुन् । विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘२५ करोड रकम तस्करी पछाडीको नाइकेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम तस्करी पछाडीको प्रमुख व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको भन्दै सरकार यस्ता तस्करहरुको नाइकेसम्म पुगेर उनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । उनले भने, ‘नेपाल सरकारले हिजो […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी, ६ चैत । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पातालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनका अनुसार दैनिक एक सय […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

ठाकुरबाबा बर्दिया, ६ चैत । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो । विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘माउ पार्टीहरूले विद्यार्थीलाई उक्साएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको छन्’

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले माउ पार्टीहरूले स्ववियू निर्वाचमा विद्यार्थीलाई उक्साएर पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थी संगठनका माउ पार्टीहरुले युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको बताएका हुन् । उनले भने, ‘यतिबेला स्ववियू […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामनवमीमा सार्वजनिक बिदा

काठमाडौँ, ६ चैत । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘जनताले उठाएका आवाजलाई सरकारले नजरअन्दाज गर्दैछ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधी सभामा बोल्दै उनले जनताले पछि फर्कने कुरा नगरी उन्नत लोकतन्त्र चाहेका भन्दै कानून अनुसार जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका हुन् । ‘संविधान र लोकतन्त्रको पक्षधर पार्टी र सरकारले जनतामा देखेका निरासा आक्रोस र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न माग

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब रु २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन्, मन्त्रिपरिषद् बैठकको ११ वटा निर्णयहरु

काठमाडौं । सरकारले, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

काभ्रेपलाञ्चोकमा एमालेको जरा अभियान सञ्चालन

काभ्रेपलाञ्चोक, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले गत माघ २० गतेदेखि तीन महिने वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ । अभियान सुरुआतको चरणमा नेता, कार्यकर्तालाई बनेपामा भेला गराई अभिमुखीकरण कार्यक्रमपछि कार्यविभाजनमार्फत वडा–वडामा खटाइएको थियो । अभियान विशेष गरी ‘पुराना जगाऊ, नयाँ बढाऊ’मा केन्द्रित रहेको जिल्ला कमिटीले जनाएको छ । कमिटीका […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो

सुदूरपश्चिम, ६ चैत । कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो । खेतमा फष्टाएको गहुँ बाली देखेर कैलारी गाउँपालिका–५ का किसान दीपक चौधरी खुशी छन् । दीपकसहित यहाँका किसानले ‘सुपर जोन’ कार्यक्रममार्फत […]