विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
नेपालगञ्ज, २६ फागुन । बाँकेका आठ स्थानीय तहले विपद् व्यवस्थापन गर्नका लागि साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अन्तरपालिका समन्वय, सहकार्य एवं अनुभव आदान प्रदानसम्बन्धी भएको समन्वय बैठकमा सो समझदारीपत्रमा हस्ताक्षर भएको हो । जिल्लाका स्थानीय तहबीच विपद् जोखीम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागी समन्वय, सहकार्य र श्रोत साझेदारीलाई प्रवद्र्धन […]











