८ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आइतबारको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक  प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम  […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आगामी चुनावमा माओवादी एक्लै लड्छ र जित्छ : प्रचण्ड

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन् । शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन् । उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समिकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् । संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको बताए । समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मान्नेहरुलाई कहिल्यैपनि अपमान नगरेको बताए । उनले भने, ‘जनताले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशमा न्याय मरेको टिप्पणी गरेका हुन् । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायधीशहरुले खोल्ने आँट नगरेको समेत […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयनमा बजार अनुगमन कार्यलाई तिव्रता दिदै आएको बताएका छन् । शनिबार विश्व उपभोक्ता अधिकार दिवस, २०८१ एवं उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै उनले स्वच्छ र प्रतिस्पर्धी  बजार प्रणालीमा सामाजिक र कानूनी मान्यता विपरितका समस्यालाई समाधान गर्न बजार अनुगमन कार्यलाई तिव्रता दिएको बताएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षकहरुका मागलाई वेवास्त गरिए परिणाम राम्रो हुँदैन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए । शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

बिआरआईले पूर्वाधार मात्र होइन आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्छ

काठमाडौं । सभामुख देवराज घिमिरेले बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)मार्फत नेपाल र चीन दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा बिआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरु सम्मिलित बौद्धिक व्यक्तित्वहरुको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा उनले बिआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंह ‘महामूर्ख’ घोषित

जनकपुर । यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन शुक्रबार मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि प्रदान गरेको छ । मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरुको प्रसंसा गर्दै उनलाई ठट्टा स्वरुप महामूर्खको […]

मुख्‍य समाचार समाचार समाज

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर

काठमाडौं  । कनेक्ट किसान र नेपाल भेटरिेनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर गरेका छन्।कनेक्ट किसान र एसोसिएसनबिचको सहकार्यले कृषि क्षेत्रको डिजिटलाइजेशनलाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने अपेक्षासाथ यो सम्झौतामा हस्ताक्षर गरिएको हो । यो साझेदारी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १४, आलु रातो प्रतिकिलो रु ३०, आलु […]