काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । क्याम्पसमा स्ववियु निर्वाचन बिहान ८ बजे सुरु भएको र मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ । यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सर्वोच्चको अल्पकालीन अन्तरिम […]
काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् । ‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ’, सन्देशमा भनिएको छ, ‘रोजा पूरा भएको खुसियालीमा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र […]
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबैखाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताएका छन् । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै उनले मानवता मानिसको मूल धर्म भएकाले यसको संरक्षण आवश्यक रहेको […]
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौंडा–१० मा रहेको सीमाचोकमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले नेपालमा राजा स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए । कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई […]
रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले हरेक पटक केपी ओली र नेकपा एमाले सत्तामा आउँदा असफल गराउनको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरूले वितण्डा मच्चाउने गरेका बताएका छन् । नेकपा एमाले रामेछापले मन्थलीमा गर्न लागेको प्रदर्शनको तयारीका छलफलमा बोल्दै चौलागाईँले राजावादी भनिनेहरूले शुक्रबार काठमाडौंमा मच्चाएको वितण्डा त्यसैको निरन्तरता भएको बताएका हुन् । एमाले र केपी […]
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले सोमबार इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा आज इद उल फित्र मनाउन लागिएको हो । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ । यो दिन […]
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।रवि सोमबार हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।बैठक आज पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्दैछ । ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ,’प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको […]
काठमाडौं । दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु भएको छ । धर्नाकारीको संघीय निजामती ऐन जारी गर्नुपर्ने माग पनि रहेको छ । यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घण्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए । उनी धर्नामा छन् । उनी […]