२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन अधिवेशन सम्पन्न गर्ने भएको छ । पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुको समन्वयमा स्थानीय तहको अधिवशेन कार्यलाई तीव्रता दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टीको परिपत्रअनुसार स्थानीय तहको अधिवेशनपश्चात प्रदेश समिति […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा सम्बोधन गर्ने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

तीनकुनेको प्रदर्शन राजनीतक देखिएन, आपराधिक देखियो दिनेश त्रिपाठी

तीनकुने घट्नाको निष्पक्ष न्यायीक छानविन गर्न जरुरी छ । दुधको दुध पानीको पानी छुट्याउन आवश्यक छ । विश्वसनीय अनुसन्धानले सत्यतथ्य उजागर गर्छ । त्यो घट्ना एकदमै गम्भीर मामिला हो, आपराधिक क्रियाकलाप भएको छ । राजनीतिको आवरणमा आपराधिक क्रियाकलाप गर्ने छुट कसैलाई छैन् । प्रदर्शनको नाममा अपराध गर्ने अधिकार कसैलाई छैन् । १५ गते तीनकुने घट्नाका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

काठमाडौँ, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष प्रेस चौतारी नेपालले ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा राजावादी समूहका नाममा यही चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सञ्चारमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । चैत १५ गते […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थप्न अदालत लगियो

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको हो । त्यसअघि उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पु¥याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ

काठमाडौँ, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही चैत १५ गते काठमाडाँैमा राजवादीहरुले गरेको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषिमाथि कानुनबमोजिम कारबाही गरिने बताएका छन् । मन्त्रालयमा आज प्रेस चौतारी नेपालले घटनाबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले हिंसात्मक प्रदर्शन गर्नेलाई छानबिन समिति बनाएर सरकारले कानुनी दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरे […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संसद् बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि(सोमबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् । आइतबारका लागि […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

पदक विजेता भेट्रान खेलाडी सम्मानित

काठमाडौँ, १७ चैत । नेपाल मास्टर्स एथलिट सङ्घले खुला अन्तरराष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेर समूहका पदक विजेता भेट्रान खेलाडीलाई आज सम्मान गरेको छ । थाइल्यान्डको च्याङराईमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य पदक जितेको थियो । कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्ष उमेर समूहतर्फ लङजम्पमा रजत जितेका थिए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समृद्धि हाम्रै पालामा सम्भव छ : कृष्णप्रसाद सिलवाल

रामेछाप । वाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले वाग्मती प्रदेश सरकाले अब फरक ढंगले काम गर्ने बताएका छन् । आइतबार नेकपा एमाले रामेछापको चौथो विस्तारित बैठकमा बोल्दै सिलवालले प्रदेश सरकारले नागरिकका समस्या समाधान गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘आवश्यकताको आधारमा योजना लिएर आउन्, प्रदेश सरकारले यथोचित सम्बोधन गर्छ’, उनले भने । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी बुढाथोकी

लुम्बिनी मर्चवार,  १७ चैत । नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बूढाथोकी विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी भएकी जनाएका छन् । उनका प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त गरे। सङ्घको सहअध्यक्षमा मनोज न्यौपानेले १०२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी डा शैलेन्दु प्रकाश […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पत्रकार रजकको मृत्यु र मिडिया हाउसमाथि आक्रमणको विरोधमा धर्ना

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दवुले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना कार्यक्रम आयोजना गरेको छ । दवूले आइतबार पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना गरेको हो । उक्त धर्नामा घटनाका दोषिमाथि कारबाहीको माग गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दवुले धर्ना गर्दै सञ्चार माध्यममाथि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्र गर्नुपर्छ’

काठमाडौँ, १७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताए। […]