२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

राप्रपा सांसद बोहराको निधन

काठमाडौं, १९ चैत । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने

वीरगञ्ज पर्सा,चैत १९ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । आम जनता पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उनको जोड थियो । प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले मुलुकको आर्थिक विकासका लागि […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम

मुगु । बेरोजगारीको कारण दैनिक ३० देखि ४० जनासम्म मुगुका युवाहरु विदेशिने गरेको तथ्यांक छ । विदेशिनेको संख्या घटाउने उद्देश्यले छाँयानाथ रारा नगरपालिकाले नयाँ कार्यक्रम संचालन गरिरहेको छ । बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले (ब्यवसाय र सिर्जनशील प्रशासन बिकास समृद्धि र शुसासन) युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तरगत संचालित कार्यक्रमले युवा […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

रामपुर पाल्पा, १९ चैत । आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्थे । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उनले सुनाए । हिजोआज भने रानालाई आलु शीतभण्डारमा राख्न भैरहवा पुर्याउनुपरेको छैन । रामपुर नगरपालिका–२ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य निरन्तर अकासिदो, तोलाको एक लाख ७९ हजार ७००

काठमाडौँ, १९ चैत । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ । सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ८०० ले बढेर रू एक लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी […]

कर्णाली मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विद्यापुरमा नेविसंघका चेतन नेपाली विजयी, केन्द्रीय क्याम्पसमा नेविसंघको अग्रता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विद्यापुर जनता बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका चेतन नेपाली निर्वाचित भएका छन् । सोमबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सार्वजनिक नतिजा अनुसार ३ सय ४० मतदातामध्ये २ सय ९७ जनाले मतदान गरेका थिए। निर्वाचन परिणामअनुसार प्रमुख पदहरूमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रभाव देखिएको छ। सभापति […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल

गण्डकी, १९ चैत । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ । सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् । विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइने उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

झापा, १९ चैत । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

त्रिवेणी नवलपरासी, १९ चैत । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

एक लाख १० हजार बिरुवा तयार गरिँदै

मध्यविन्दु नवलपरासी, १९ चैत । डिभिजन वन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले एक लाख १० हजारभन्दा बढी बिरुवा तयार गर्ने भएको छ । डिभिजन वन कार्यालय कावासोती र गैँडाकोट सबडिभिजन कार्यालय गरी दुईवटा नर्सरीमा विभिन्न प्रजातिका बिरुवा तयार गरिने भएको हो । आगामी असारभित्र वृक्षरोपण गर्न एक लाख १० हजार बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयका […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सोह्र जिल्लाका कृषि प्राविधिक मुस्ताङमा

मुस्ताङ, १९ चैत । घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम दिइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहका नायब प्राविधिक सहायक र प्राविधिक सहायकलाई लक्षित गरी केन्द्रले आइतबारदेखि तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिम आयोजना गरिएको हो । […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

महोत्तरी, १९ चैत । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो । पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिए । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ […]