२५ आश्विन २०८३, आईतवार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

 ‘बब्लु टी स्टाल’–जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

वीरगञ्ज पर्सा, १९ चैत । तीन दशकअघिसम्म वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उहाँ कहिल्यै विचलित भएन । एक न एक दिन त वीरगञ्जवासीको धित मर्ने गरी चिया पिलाउने अभिलाषासहित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त

काठमाडौँ, १९ चैत । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स युएई सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ । अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

वीरगञ्ज पर्सा, १९ चैत । वीरगञ्ज सुक्खा बन्दरगाह इन्ल्यान्ड क्लियरेन्स डिपोको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि रु चार अर्ब ७१ करोड लागतमा छनोट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चैत २५ देखि पौवाका सबै शाखामा ‘स्वादउत्सव’

काठमाडौ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिनेगरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ । नवौं वार्षिकोत्सवको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

टक्सार भोजपुर, १९ चैत । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो । विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाको बैठकले राप्रपाका सांसद दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकबाट बोहराको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित भएको हो । उनको आज चैत्र १९ गते काठमाडौं स्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

महिलालाई पञ्चेबाजा बजाउने प्रशिक्षण

रामपुर पाल्पा, १९ चैत । परम्परागत कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि पाल्पाको रम्भा गाउँपालिकाका महिलालाई वाद्यवादनसम्बन्धी सीप प्रदान गरिएको छ । वडा नं २ स्थित कोटथरका महिलालाई लक्षित गरेर पञ्चेबाजा बजाउने सीप प्रदान गरिएको हो । सिकाइ प्रवद्र्धन परियोजना गाउँपालिकाको आयोजनामा १० दिनसम्म पञ्चेबाजा बजाउने तालिम आयोजना गरी बजाउने सीप सिकाइएको छ । […]

कर्णाली मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन अन्त्य भएको छ । सोमबार राती  १२ बजेदेखि प्रदेश सभा बैठक सकिएसंगै पाँचौँ अधिवेशन अन्त्य भएको हो । प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए । गत माघ ७ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौं, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । मंगलबार सिंहदरबारमा भएको भेटमा सभापति लामिछानेले आफ्नो सांसद पदको फुकुवाको माग राखेको जानकारी दिए । त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रुपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

तनहुँ, १९ चैत । यस वर्षकोे ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना भएको उक्त पुरस्कार यही चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए। यसैगरी, मञ्चद्वारा स्थापना भएको ‘यदुनाथ खनाल सम्मान’ बाट डा. […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राप्रपा सांसद बोहराको निधन

काठमाडौं, १९ चैत । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।