२५ आश्विन २०८३, आईतवार
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

मुस्ताङ, २१, चैत । चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

छ सय महिलाको पाठेघरको परीक्षण

चितवन, २१ चैत । जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरुको पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोगको परीक्षण गरिएको हो । कार्यालयकी पब्लिक हेल्थ नर्स निरीक्षक नन्दकली चापागाइँका अनुसार राप्ती नगरपालिकाको लोथर, रत्न नगरपालिकाको बछौली, भरतपुर महानगरपालिकाको मेघौली र गौरीगञ्ज, […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

वडाको बजेटले फुसको छाना हटाइयो

टक्सार भोजपुर, २१ चैत । भोजपुर नगरपालिका–८ ले फुसको छाना विस्थापित अभियान सुरु गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमबाट तीन घरको फुसको छाना हटाएर टिनको छाना लगाएको छ । वडामा आएको बजेटबाट फुसको छाना हटाउने अभियान थालेको वडाध्यक्ष नवीन प्रधानले बताए । यस आर्थिक वर्षमा विनियोजन गरिएको रु डेढ […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा

म्याग्दी, २१ चैत । धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्यसहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली आज यहाँ आइपुगेको छ । स्वामी कमलनयनाचार्यको नेतृत्वमा यही चैत १८ गजेन्द्रमोज्ञनारायणदेखि सुरु भएको रथयात्रा टोली देवघाट, पोखरा, बागलुङ हँुदै म्याग्दी आएको हो । भजनकीर्तनसहित आइपुगेको रथयात्रा टोलीलाई बेनी नगरपालिकाका प्रमुख […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

जङ्गली हात्ती मृतावस्थामा फेला

कञ्चनपुर, २१ चैत । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले बताए । बिहान हात्ती मृतावस्थामा […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

शिक्षकले पाएनन् छ महिनादेखि तलब

मान्म कालीकोट, २१ चैत । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरुले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए। “तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने, “असोजदेखि तलब भत्ताका नाममा एक पैसा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

राँझा बाँके, २१ चैत । विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेकोे छैन । नेपालगञ्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो । यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सामाजिक परिचालिकाको समस्या नीति बनाएर समाधान गर्नुपर्नेमा जोड

काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाका सांसदहरूले ‘सामाजिक परिचालिका’ हरूको समस्या यथाशीघ्र नीति बनाएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले आफ्नो जीवनको ऊर्जाशील समय र शक्ति व्यतित गरी विगत २३ वर्षदेखि सरकारको जिम्मेवार निकायमा सेवा गरेका २१० जना सामाजिक परिचालिकाको समस्या यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड दिएका […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेश प्रदेश सरकारले अगाडि बढायो सौन्दर्यीकरणका कामहरु

जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरधामको सौन्दर्यीकरणलाई बहुवर्षीय योजनाअन्तर्गत अघि बढाउँदै शौचालय निर्माणलाई विशेष प्राथमिकतामा राख्ने निर्णय गरेको छ । सो क्रममा प्रदेश सरकारले जनकपुरधामका मुख्य पर्यटकीय क्षेत्रहरूमा आधुनिक सुविधायुक्त शौचालय निर्माण गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले योजना अन्तर्गत तीनवटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने जनाएका छन् । यी शौचालयहरू बसपार्क, राम […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने कानुन बनाउनुपर्छ’

काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाका सांसदहरूले कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस गर्न पहलकदमी लिने विषयलाई ‘राष्ट्रिय कृषि नीति–२०८१’ मा समावेश गर्नुपर्नुमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको आजको बैठकमा ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिसम्बन्धी आवश्यक सुझाव सङ्कलन तथा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारततर्फ सामान निर्यातको बाटो खुल्यो

काठमाडौँ, २१ चैत । भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट बिआइएस प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्र्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गरेका थिए । […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरका विद्यालयमा पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय

महेन्द्रनगर धनुषा, २१ चैत । जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरेको छ । नगर शिक्षा समिति तथा निजी विद्यालय सङ्गठन प्याब्सन का नगर संयोजक दीपक ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका हुन् । “विद्यार्थीहरूलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो, यस निर्णयले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै […]