२५ आश्विन २०८३, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ, २१ चैत । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यु–१९ टोलीसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भएको हो । जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलाको अभ्यास खेलमा १–० को अग्रता बनाएको छ । अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बाँकेमा स्ट्रबेरीखेती सुरु

कोहलपुर बाँके, २१ चैत । बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित भएका छन् । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । कृषिमा केही नयाँ गर्ने सोचका साथ उनले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा रु सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गरेका छन् […]

बागमती मुख्‍य समाचार समाचार समाज

सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

काठमाडौँ, २१ चैत । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् । हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

रौतहटका संगीतकार राउत थाइल्यान्डमा पुरस्कृत

रौतहट । रौतहटका एक युवक संगीत क्षेत्रमा उत्कृष्ट गरे वापत थाइल्यान्डमा पुरस्कृत भएका छन । वृन्दावन नगरपालिका वडा नम्वर ३ विश्राम्पुर घर भएका गायक तथा संगीतकार रामबाबु राउत जिनियस अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन । विगत लामो समयदेखि साँगीतिक क्षेत्रमा क्रियाशील राउतले थाइल्यान्डको राजधानी बैंककमा गएको २५ मार्चमा आयोजित जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पाएका छन् […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

वीरेन्द्रनगरमा ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम

सुर्खेत । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन लक्ष्यका साथ हरित वीरेन्द्रनगरको अवधारण अघि सारिएको छ । नगरपालिकाले ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आँगनमा दुई बिरुवा वृक्षारोपण गर्नुपर्ने छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने छ । नगरपालिकाको […]

बागमती मनोरन्जन मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गणतन्त्रवादीहरुले राजालाई बदनाम गरे, झुटा आरोप लगाए : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् । विहीबार राप्रपा नेपालका प्रवक्ता स्व.बसन्तमान सिंह अधिकारीको १३ औं दिनको पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले अहिले गणतन्त्रवादीहरुले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रोजगार र उद्यम प्रवद्र्धनमा सामूहिक प्रयास जरुरी

काठमाडौँ, २१ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको बिस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन् । लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आज आयोजित रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भका अवसरमा उनले आन्तरिक रोजगार प्रवद्र्धनका लागि उद्यमशीलता अपरिहार्य भएको उल्लेख गर्दै निजी क्षेत्रलाई सामूहिक प्रयासका लागि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समितिले प्रदेश सरकारको नीति कार्यक्रम माग गरी छलफल गर्ने

काठमाडांै । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुरप्रसाद गैरेले प्रदेश सरकारको नीति कार्यक्रम माग गरी छलफल गर्ने बताएका छन् । सिंहदरबारमा विहीवार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनले प्रदेश सरकारसँग नीति माग गर्न आजै औपचारिक निर्णय गरेर पठाउने बताएका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षकहरुले सडक नछाड्ने : ‘अब जितिन्छ कि बितिन्छ’ नारासहित चर्कियो आन्दोलन

काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएसँगै विद्यालय शिक्षा ऐनको माग गरेर शिक्षकहरूले काठमाडौंमा ‘अनिश्चितकालीन’ आन्दोलन बुधबारबाट जारी राखेका छन् । शिक्षक महासंघका अनुसार यसपटक ऐन नबनेसम्म शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन अन्त्य नहुने जनाएको छ । यसैगरी नेपाल शिक्षक संघ गण्डकी प्रदेशकी उपमहासचिव टिका भण्डारी न्यौपानेले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरेका कारण आन्दोलनमा आएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, २१ चैत । प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै रु ३२ लाख ठगी गरेको अभियोगमा पक्राउ गरी एक जनालाई सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

काठमाडौँ, २१ चैत । केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् । केही दिनदेखि काठमाडौँको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनले […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओलीको आह्वानपछि नेपालमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित

बैङ्कक, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्याण्डका व्यवसायीले नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थ जस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् । प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना, अवसर र सहकार्यका विषयमा चासो राखेका हुन् । सो अवसरमा व्यवसायहीहरूले लगानी गर्न कानुनी सहजता र लगानीपछिको मुनाफा फिर्ता लैजाने प्रबन्धलगायतका विषयमा […]