जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
काठमाडौं । देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ । थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोट्र्सका खेलहरु समावेश गरिएका छन्। […]











