२४ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् । शुक्रबार कानून समितिको बैठकमा उक्त प्रदर्शनमा मुख्य आरोपी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिँदै गृहमन्त्री लेखकले घटनाका अन्य आरोपीहरु पनि पक्राउ पर्ने क्रम जारी हरेको बताएका हुन् । तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल

काठमाडौँ, २९ चैत । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पुर्याउन सरोकार भएका सबैलाई आह्वान गरेका छन् । आज यहाँ आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई भरपुर सदुपयोग गर्ने आधारहरू […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेहिताको तहमा ल्याइनुपर्ने सांसदहरुको माग

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै उनले फागुन ७ ज्ञानेन्द्रले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर ठूलो घटना घटेको भन्दै मृतकलाई श्रदान्जली समेत नदिने उनको क्रियाकलापले कहिँ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह

जनकपुर, २९ चैत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् । आज जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उनले जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र ल्याउन गरेको सङ्घर्षको स्मरण गर्दै स्व मिश्रको सालिक निर्माण रोक्ने कार्य कुनै पनि हालतमा राम्रो नभएको बताए […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज स्वास्थ्य

निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

तानसेन पाल्पा्, २९ चैत । जिल्लामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी सङ्घ पाल्पाले निर्माण क्षेत्रमा कार्यरत ५५० श्रमिकको शिविरमार्फत स्वास्थ्य परीक्षण गरेको हो । निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गराउन पाउँदा श्रमिक उत्साहित भएका थिए । स्वास्थ्य उपचार गराउन आएका रामबहादुर गहाले भने, “कामको व्यस्तता र […]

कोशी खेलकुद मुख्‍य समाचार विचार समाचार समाज

धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

धरान सुनसरी, २९ चैत । बक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रियस्तरको ‘आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष फाइट नाइट २०२५’ हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी वैशाख १२ गते यहाँ कार्यक्रम आयोजना गरिएको आयोजक धरान बक्सिङ सङ्घका अध्यक्ष दीपक राईले बताए । धरानमा राष्ट्रियस्तरको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हांस्य कलाकार गणेश इशाराले हङकङमा प्रश्तुती दिने

काठमाडौं । हाँस्य कलाकार गणेश इशाराले हङकङमा प्रश्तुती दिने भएका छन् । यही आउने अप्रिल १९ तारिख शनिबार हङकङमा आफ्नो पाँचौं साँगितिक प्रस्तुती दिनको लागि त्यता जाने उनले जानकारी दिए । बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङको जोर्डनमा भेटघाट तथा सांगितिक प्रस्तुती रहने उनले बताए । उक्त कार्यक्रममा विशिष्ट समाजसेवी तथा सफल उद्यमी धिराजकुमार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चार पालिकाले संयुक्त रुपमा नगरकोट भ्रमण वर्ष आयोजना गर्ने

नगरकोट । भक्तपुर, काठमाडौं र काभ्रेपलान्चोकका बिभिन्न चार नगरपालिकाको संयुक्त आयोजनामा ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना हुने भएको छ । नयाँ वर्ष २०८२ को शुभारम्भसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट बैशाख १ गते नगरकोटको बतासे डाँडामा भ्रमणवर्षको उद्घाटन गरिने छ । शुक्रबार नगरकोटमा पत्रकार सम्मेलन गरि भ्रमण वर्ष बारे जानकारी दिइएको हो । भक्तपुरको चागुनारायण नगरपालिका, काठमाडौंको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्याइयो

काठमाडौं । झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। प्रहरीका अनुसार उनलाई भद्रपुरबाट नियन्त्रणमा लिइएको हो । बिहीबार भारतीय प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज शुक्रबार बिहान […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

नेपालगञ्जमा हनुमान जयन्ती

नेपालगञ्ज, २९ चैत । नेपालगञ्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा हनुमान जयन्ती सुरु गरिएको छ । अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पुजनसहित सुरु भएको हनुमान जयन्तीमा भारतको कानपुरबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

जलविद्युत् आयोजनामा भूमिगत विद्युतगृहभित्र रोटर जडान

दमौली तनहुँ, २९ चैत । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर विद्युतीय मोटर जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो । सिनो हाइड्रो लिमिटेडले एक सय ९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी र्दि । उनले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘श्रम र वैदेशिक रोजगार ऐनलाई संशोधन गरिनुपर्ने’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले ऐन, कानुन र नियम भनेको सरकारका लागि, मन्त्रीको लागि र कर्मचारीका लागि नभइ […]