१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँ, ३० पुसः नेपाल कम्युनिष्ट पार्टी एमाले ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

धनगढीमा अलपत्र अवस्थामा भेटिएका पुरुष मानवसेवा आश्रमकाे संरक्षणमा

धनगढी । मानवसेवा आश्रम धनगढी शाखाले अत्तरिया घर बताउने अन्दाजी ३६ वर्षीय सरोज दमाईलाई उद्धार गरेको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकमा अलपत्र अवस्थामा भेटिएपछि नगर प्रहरीको पहलमा उहाँको उद्धार गरी धनगढी शाखाकाे संरक्षणमा राखिएको हो। शारीरिक तथा मानसिक रूपमा कमजोर अवस्थामा रहनुभएका उहाँको उद्धारपछि उपचार सुरु गरिएको छ भने पारिवारिक पुनर्मिलनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको […]

बागमती मुख्‍य समाचार समाचार

माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत र संस्थागततर्फ औसत ३.३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ । ८ बैंकले पुस महिनाको […]

बागमती मुख्‍य समाचार समाचार

नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने भएको छ । कोषको ३१ औँ वार्षिक साधारण सभामामा बोल्दै अध्यक्ष तुलसीप्रसाद घिमिरेले आगामी दिनमा कोषका कार्यक्रमलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनका अनुसार सह–कार्यालय रहेको स्थानमा कोषको आफ्नै कार्यालय भवन निर्माणका लागि उपयुक्त जग्गा खरिद […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

दार्चुला, ३० पुसः नेपाल–चीन तिब्बत सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय […]

मधेश मुख्‍य समाचार समाचार

निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो

जनकपुरधाम, ३० पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताएका छन् । सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताए। उनले भने, निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौँ, ३० पुसः प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा मन्त्रीगण, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिव, विभागीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

मानवसेवा आश्रम धनगढी शाखाको सामाजिक लेखा परीक्षण सम्पन्न

धनगढी। मानवसेवा आश्रम शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार धनगढी शाखाको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सहयोगी दाता, आश्रमका अभिभावक तथा सञ्चारकर्मी लगायतकाे उपस्थिति रहेको थियो। सार्वजनिक गरिएको विवरणअनुसार चालु तर्फ कुल सेवा योगदान १ करोड १ लाख […]

बागमती मुख्‍य समाचार समाचार

मंगलबार मानवसेवा आश्रमद्वारा ५ जना सडकमानवको उद्धार

काठमाडौँ । मानवसेवा आश्रमले मंगलबार खुला सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका ५ जना सडकआश्रित मानवहरूको उद्धार गरेको छ भने १ जना आश्रितको पारिवारिक पुनर्मिलन गराएको छ। आश्रमका कैलाली, रौतहट, बाँके, भक्तपुर र रूपन्देहीस्थित तिलोत्तमा शाखामार्फत एक–एक जना गरी ५ जना सडकआश्रित मानवको उद्धार गरिएको छ । मंगलबार आश्रितहरूको सेवा सहजीकरणका लागि सहयाेगी दाताहरूबाट विभिन्न […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल

गृह ओमप्रकाश अर्यालले अहिलेको सरकार कुनै किसिमको अपराध हुन नदिन कटिबद्ध रहेको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठिको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले अपराध हुन नदिन र भएको खण्डमा अपराधीलाई कानुनी दायरामा ल्याउन सरकार कटिबद्ध रहेको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक सद्भाव खलबलिने, हिंसा भड्काउने, राजनीतिक हिंसा […]

बागमती मुख्‍य समाचार समाचार

लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन, ३० पुसः देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो । त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज […]

बागमती मुख्‍य समाचार समाचार सूचना प्रविधि

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

काठमाडौं । नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनलाई एकीकृत गर्दै डिजिटल युगअनुकूल ‘हरेक यात्रा–एउटै प्लेटफर्म’ मूल भावका साथ ‘पर्यटन प्रविधि सम्बन्धी सेवा प्रवाह’ केन्द्रित ‘ई–बुकिङ नेपाल’को औपचारिक समुद्घाटन गरिएको छ। ई–बुकिङ नेपाल कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यमा औपचारिक समुद्घाटन गरिएको हो । कार्यक्रममा सांस्कृतिक संस्थानका […]