१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ७ सय रुपैयामा कारोबार भएको छ । बुधबार सुनको मूल्या २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको बढेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ । बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको हो । कम्पनीहरूको वित्तीय विवरणलाई पारदर्शी र तथ्यपरक बनाउन यस्तो व्यवस्था गरिएको बोर्डले स्पष्ट पारेको […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पाँच घण्टापछि सुचारु

रौतहट । गए रातिको भारी वर्षासँगै आएको बाढीले सर्लाहीको हरिजनस्थित चापिनी खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान साढे ३ बजेदेखि रोकिएको यातायात बिहान साढे ८ बजेपछि सुचारु भएको हो । पूर्व-पश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने क्रममा हरिवनको तीन घरे र बासा टोलको बिचमा पर्ने चापिनी खोलामा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ । बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै टिचिङमा पनि हप्ताको दुई दिन बिदा हुने जानकारी दिएको हो । एक सूचना प्रकाशित गर्दै टिचिङ अस्पताल प्रशासनले अबदेखि शनिबार र आइतबार […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

उपसभामुख उम्मेदवारी दर्ता आज हुँदै

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उपसभामुख चयनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिइको हो । आज दिउँसो २ः३० बजे नै उम्मेदवारीको दर्ता सूचना प्रकाशन गरिने छ । उपसभामुखको निर्वाचन २७ गते हुँदैछ । प्रतिनिधि सभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ । बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने भएको हो । बैठकमा समितिको आगामी कार्ययोजना लगायतका विविध विषयमा छलफल हुने बतचाइएको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका सदस्यहरूलाई समेट्दै कार्यविधि २०८२ अनुसार छुट भएका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पाट्न दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

काठमाडौं । बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनिहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् । चैत २५ मा साँझ उनीहरूमाथि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गृहमन्त्री गुरुङ र म्युलीको भेट : स्विस बैंक खाताबारे अनुसन्धानमा सहयोग गर्न आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । गृहमन्त्री गुरुङ र म्युलीबिच बुधबार भेटवाता भएको हो । भेटमा गुरुङले नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई अवैध रूपमा आर्जन गरेको पैसा नेपालीले स्विस बैंकमा राखेको वा नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार

कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकी ममतामयी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ । बुधबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मुख्यमन्त्री कार्कीकी आमाको २०८२ साल फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो । त्यसपछि उनलाई उपचारका लागि विराटनगर स्थित […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका पहाडी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी भ्रामक र झुटा प्रचार भइरहेको देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु भएको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति प्रतिक्रिया दिएका छन्। देउवाले बुधबार साँझ सामाजिक सञ्जाल मार्फत उक्त विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका हुन् । उनले नेपालका कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी […]