मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन
काठमाडौं । नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो […]











