१३ जेष्ठ २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

क्रान्तिकारी आन्दोलन अझै जीवित छ, निभ्नेवाला छैन : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले २५ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार–सम्मान समारोहमा सम्बोधन गर्दै जनयुद्ध, क्रान्ति र सहिदहरूको योगदानबारे धारणा राखेका छन् ।
सम्बोधनका क्रममा उनले सहिद कृष्णसेन इच्छुकको बहुआयामिक योगदान स्मरण गर्दै उनी विद्यार्थी नेता, संगठनकर्ता, कवि, सांस्कृतिक अभियन्ता तथा सम्पादकका रूपमा क्रान्तिकारी आन्दोलनमा सक्रिय रहेको बताए । इच्छुकले विभिन्न मोर्चामा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको र आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा अगाडि बढाएको उनको भनाइ थियो ।
उनले भने, ‘इच्छुक कमरेड एउटा कमाण्डर हुनुहुन्थ्यो । उहाँले विभिन्न मोर्चा कुशलतापूर्वक सञ्चालन गर्नुभयो। विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म उहाँ सक्रिय रहनुभयो ।’
गजुरेलले जनयुद्धको तयारी सचेत रूपमा गरिएको उल्लेख गर्दै त्यसका लागि विभिन्न अध्ययन, गोष्ठी र बैठकहरू गरिएको बताए । उनले त्यसलाई देशको आवश्यक राजनीतिक कदमका रूपमा व्याख्या गरे ।
उनले इच्छुकको बेपत्ता घटनाप्रति दुःख व्यक्त गर्दै त्यस घटनाबारे अहिलेसम्म औपचारिक जानकारी प्राप्त हुन नसकेको बताए ।
सम्बोधनमा उनले जनआन्दोलन र राजनीतिक परिवर्तनका विभिन्न व्याख्याबारे टिप्पणी गर्दै वर्तमान परिस्थितिलाई विभिन्न शक्ति र विचारधाराबीचको संघर्षका रूपमा चित्रण गरे । उनले क्रान्तिकारी आन्दोलन अझै समाप्त नभएको दाबी गर्दै यसलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘ क्रान्ति निभेको छैन, बत्तीमा तेल कम भए पनि यो निभ्नेवाला छैन। किनभने यो सुरुवात गरेको कृष्णसेन इक्षुकले हो । त्यसकारण धेरै मान्छेलाई एउटा चमत्कार जस्तो भयो तर यो कुनै चमत्कार होइन । त्यो कुनै जनताको जनविद्रोह होइन । हामीलाई इक्षुकको शक्ति यतिखेर चाहिएको छ, त्यो तागत हामीलाई चाहिएको छ ।’
उनले सहिदहरूको सपना पूरा गर्न संगठनात्मक एकता, वैचारिक स्पष्टता र निरन्तर तयारी आवश्यक रहेको बताउँदै युवाहरूलाई क्रान्तिकारी साहित्य र चेतना निर्माणमा सक्रिय हुन आह्वान गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि