२३ आश्विन २०८३, शुक्रबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग

वीरगञ्ज पर्सा, ३१ वैशाख । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिनमात्र बाँकी छ तर मर्मतसम्भार पूरा भएको छैन ।     गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन् ।   वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री रोजगार कार्यक्रम : बाँझो बारीमा आलुखेती

पर्वत, ३१ वैशाख । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।     मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त भएका श्रमिकलाई परिचालन […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त : गृहमन्त्री लेखक

विराटनगर, ३१ वैशाख । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताएका छन् ।     गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।     गृहमन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

काठमाडौँ, ३१ वैशाख । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पु¥याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।     अन्तरराष्ट्रिय नर्सिङ दिवस–२०२५ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाद्वारा आयोजित कार्यक्रममा यसरी सम्मानित हुनुहुनेमा चन्द्रागिरि नगरपालिका–१५ मा सेवारत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : मन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् ।     बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।     बुधबार नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । टोली आज साँझ स्कटल्यान्ड प्रस्थान गर्नेछ ।     नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारका आपसी निकायहरुबीच समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई भयो : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष सुरु भएसँगै बैसाख १ देखि २८ गतेसम्म ७३२ वटा विपद्का घटनाहरु भएको बताएका छन् ।     बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ७३२ वटा विपद्का घटनाहरुमध्ये २१ जनाको मृत्यु तथा अनुमानित १७ करोडको क्षति हुन पुगेको बताएका हुन् ।     उनले भने, ‘प्रि मनसुन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग

पाटन ललितपुर, ३१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् ।     प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यहरूका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कार्यक्रमको उद्देश्य लैङ्गिक समानता र समावेशीकरणका साथै बजेट निर्माणमा लैङ्गिक समावेशीकरणलाई जोड दिएर अभिमुखीकरण गर्ने भएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सड निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ ।     रोशी खोलाले बगाएको बिपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको समयमा पनि यातायात सञ्चालन गर्ने गरी […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

म्याग्दी, ३१ वैशाख । बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गरेका छन् ।   गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद रु एक करोड पाँच लाख सङ्कलन भएको आर्थिक सङ्कलन […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम

भोजपुर, ३१ वैशाख । पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ ।     कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो ।     दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।     यसअघि मङ्गलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।     […]