२३ आश्विन २०८३, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।     राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज डलरको भाउ १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा छ ।     यसैगरी आज युरो १ को खरिददर […]

बागमती मुख्‍य समाचार समाचार समाज

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण अन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् ।     उक्त भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।     अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।     बैठकमा मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।     यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।     आजको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

जनकपुर, ३० वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् । उनले आज धनुषाको हङ्सपुर नगरपालिकाका दुई सामुदायिक विद्यालयको अनुगमन गरी विद्यमान बेथिति तथा विसङ्ति हटाउन पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिएको हो । मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाइलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

काठमाडौँ, ३० वैशाख । सांसद नारायणदत्त भट्टले किसानले उत्पादन गरेको कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्ने व्यवस्था सिद्धान्त र प्रथामिकताले सम्बोधन गर्नेमा विश्वास लिएका छन् ।     राष्ट्रियसभा आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धी छलफलमा भाग लिँदै उनले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहजीकरण पहल थालेका छन् ।     लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल लगायतका औषधी बिक्री नभएको गुनासो पछि मन्त्री पौडेलले सरकारी नियमअनुसार नै तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधी बिक्री सहजीकरणका लागि चाल्न सकिने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘विपद् व्यवस्थापनको कामका लागि सबै एकै ठाउँमा छौं’

काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विपद् व्यवस्थापनको लागि सरकारी र गैरसरकारी संयन्त्रहरु सबै एकैठाउँमा आएर काम गरिरहेको बताएका छन् ।     मंगलबार जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको विपद् पूर्वतयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम उनले विपद् व्यवस्थापनको लागि संघीय, सरकार, प्रदेश र स्थानीय सरकारसहित गैरसरकारी संयन्त्रहरुसँग समन्वयन गरेर काम गरिरहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् ।     मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मुआब्जा दिने विषयमा मन्त्रालय गैर जिम्मेवार बन्यो : सभापति सिंह

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले सरकारले परियोजना निर्माण गर्दा क्षति भएको स्थानमा दिइने मुआब्जाको बारेमा पटक पटक पूर्वाधार मन्त्रालयलाई चिठ्ठी पठाउँदा पनि मन्त्रालयले बेवास्था गरेको बताएका छन् ।     मंगलबार बसेको समितिको बैठकमा उनले योजनाहरु निर्माण गर्दा क्षति हुने बस्ती र बजारलाई कति मुआब्जा दिने गरेको छ भनेर मन्त्रालयसँग सोधपुछ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री

काठमाडौँ, ३० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् ।     प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए । उनले चलचित्रकर्मीले करिब छ दशकदेखि […]