१८ चैत्र २०८२, बुधबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

बालेन शाहले मेयर पद छाड्ने संकेत, आजै रास्वपा केन्द्रीय बैठकमा सहभागिता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरिरहेको चर्चा राजनीतिक क्षेत्रमा तीव्र बनेको छ। प्राप्त जानकारीअनुसार उनले राजीनामा दिएपछि आज दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने योजना बनाएका छन्। रास्वपाको आजको बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू औपचारिक रूपमा घोषणा गरिने जनाइएको छ। बैठकपछि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी

काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रमा हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको एक अध्ययनले देखाएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) र बिएफआइएस प्रालिले संयुक्त रूपमा तयार पारेको ‘नेपालको जलविद्युत क्षेत्रमा लगानी’ शीर्षकको अध्ययन प्रतिवेदनअनुसार देशभर सञ्चालन, निर्माणाधीन तथा विकासका विभिन्न चरणमा रहेका ९२३ वटा जलविद्युत आयोजनामा उक्त लगानी भएको हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको बैठक

काठमाडौं । राष्ट्रिय सभा उन्नाइसौँ अधिवेशनको पहिलो बैठकबाट हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव सर्वसहमतले पारित गरेको छ । आइतबार बसेको पहिलो बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो । बैठकमा बोहराको सम्मानको लागि मौन धारण पनि गरिएको छ । बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पनि पढेर […]

बागमती मुख्‍य समाचार समाचार

जन्मदिनको अवसरमा गीतकार डा.अधिकारीले गरे आर्थिक सहयोग

काठमाडौं । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले अशक्त प्रेमराज अधिकारीको परिवारलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा न्यूजल्याण्ड निवासी डाक्टर अधिकारीले फरक क्षमता भएका दृष्टिविहीन प्रेमराजलाई उक्त रकम सहयोग गरेका हुन्। प्रेमराज आफैँमा एक अदृश्य रोग, रेटिनाइटिस पिग्मेन्टोसाबाट पीडित छन्। त्यस्तै उनका दुई छोराहरू १९ वर्षका आरम्भ […]

बागमती मुख्‍य समाचार समाचार

उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका प्रभावकारी, विद्युत् निर्यात बढाउनुपर्नेमा जोड

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पान र निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले ऊर्जा आत्मनिर्भरता हासिल गर्न पु¥याएको योगदान राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरे । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्षका कांग्रेस नेता सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् । गगन थापा नेतृत्वको समूहले विधि विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको हुँदा उक्त महाधिवेशन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रत्यक्षतर्फ एमालेमा महिला उम्मेदवारहरुको संख्या न्यून

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार टुङगो लगाएको छ । सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ । सूचीअनुसार कमला बोहरा (कञ्चनपुर), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा), भगवती चौधरी (सुनसरी), ज्वाला शाह (बारा), भगवती न्यौपाने (तनहुँ), विमला विक (बर्दिया) र जुली महतो (धनुषा) मात्र महिला उम्मेदवार छन् । यसलाई महिला प्रतिनिधित्वमा […]

मनोरन्जन मुख्‍य समाचार समाचार

फिल्म ‘बिगुल’ को रिलिज स्थगित

काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता दिनेश कोइरालाले बिगुलको प्रदर्शन हाललाई स्थगित गरिएको बताएका छन् । विशेष प्राबिधिक कारणले गर्दा बिगुलको प्रदर्शन स्थगित गरिएमा क्षमायाचना गर्दै उनले केही दिनभित्रै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिए । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षणयन्त्र मात्रै हो : गणेश पराजुली

मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ । विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तयारीबारे नेपाल न्यूज बैंकले नेता गणेश पराजुलीसँग संवाद गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनको लागि कस्तो तयारी गरिरहेको छ ? फागुन २१ मा हुने निर्वाचनमा न्यूनतम बहुमत ल्याउने नभए दुई तिहाइ ल्याउने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो। रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको मुख्य कार्यसूचीमा प्रतिनिधिसभा सदस्य […]