१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

चितवन । चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोजना गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउने गरेका छन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको […]

बागमती मुख्‍य समाचार समाचार

सोनाम ल्होसार जस्ता पर्वहरूले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् । सोमबार सोनाम लोसारको अवसरमा शुभकामना सन्देश दिदैँ उनले नेपाली बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको हुनाले यस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई […]

बागमती मुख्‍य समाचार समाचार

सोनाम ल्होसारले एकता र परस्पर सम्मानको मूल्यलाई अझ वृद्धि गर्छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोनाम ल्होसारले नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानूनी राज्यका आधारभूत मूल्यहरूलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् । सोमबार सोनाम ल्होसारको शुभकामना सन्देश दिदैँ उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई […]

बागमती मुख्‍य समाचार समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ । सोमबार विधायन व्यवस्थापन समितिको १५९ औं बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो । बैठक दिनको १२ः०५ बजे बस्ने तय भएको छ । आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

बागमती मुख्‍य समाचार राजनीति समाचार

‘चुनाव मात्र समाधान होइन, नयाँ समझदारी र मार्गचित्र आवश्यक छ’ : कुन्ती कुमारी शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती कुमारी शाहीले देशको वर्तमान राजनीतिक परिस्थितिलाई जटिल र अलमलको अवस्थामा रहेको टिप्पणी गरेकी छन् । नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा उनले जेनजी आन्दोलनका मागहरू भ्रष्टाचारको अन्त्य र सुशासन अझै लागू नहुने अवस्था रहेको पनि बताइन् । शाहीले भनिन्, ‘जेनजीको आन्दोलनको माग एउटा थियो । हालको व्यवस्थालाई […]

बागमती मुख्‍य समाचार समाचार

आज श्री वल्लभ जयन्ती पनि मनाइदैँ

काठमाडौं । आज श्री वल्लभ जयन्ती पनि हो, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारसँगै श्री वल्लभ जयन्ती पनि मनाइन्छ । आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए । श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेका छन् । जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

काठमाडौं । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म रुसी सदन,कमलपोखरी,काठमाण्डौंमा आयोजना हुने भएको छ । महोत्सवमा आयोजकको बाहेक १८ वटा नाटक छनौंट भएका छन् । महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट १७ वटा नाटक छनौंट भएका १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् […]

बागमती मुख्‍य समाचार समाचार

सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् । सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिदैँ उनले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताए । उनले भने, ‘सोनाम […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् । मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज ओली झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि आज झापा जाँदैछन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०ः२५ भद्रपुर जाने कार्यक्रम रहेको छ । झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने र आफ्नै निर्वाचन क्षेत्र […]

बागमती मुख्‍य समाचार समाचार

दोलखा कांग्रेसमा शिवाकोटी, कोइराला र श्रेष्ठ लबिङमा, कुन्दनको पनि चर्चा

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरु आधिकारिक उम्मेदवारका लागि दौडधुपमा छन् । अधिकांश जिल्लाका आकांक्षीहरु यतिबेला काठमाडौंमा केन्द्रित भएका छन् । विशेषगरी दोलखा कांग्रेसको टिकट हत्याउन शक्ति प्रदर्शन र दौडधूप तीव्र बनेको छ। अजयबाबु शिवाकोटी ,ताराबहादुर कोइराला र प्रभुराम श्रेष्ठ आधिकारिकताका लागि दौडधुपमा छन् । नेताहरू राजधानीका विभिन्न शक्तिकेन्द्रमा धाउँदै आफ्नो […]