२१ आश्विन २०८३, बुधबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ ।     बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।     इच्छुक बैंक […]

मधेश मुख्‍य समाचार समाचार समाज

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर रौतहट, १ असार । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।     आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

कोशी मुख्‍य समाचार विचार समाचार समाज

मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

फुङ्लिङ ताप्लेजुङ, १ असार । मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला(४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो ।     गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु तीन लाख ५० […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले बैठकमा अवरोध कायम राख्ने भएका हुन् ।   आइतबार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै 

काठमाडौँ, १ असार ।  ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आज आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’का रुपमा मनाउने भएको छ ।     सो अवसर पारेर आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा विविध अतिरिक्त कार्यक्रम सम्पन्न गरिसकेको छ ।     नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम

भरतपुर चितवन, १ असार । यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए ।     सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

खोटाङ, १ असार । शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो ।     जिल्लाका विभिन्न स्थानीय […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।   यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।   कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । कोटीहोमको सबै हिसावकिताव असार भित्रै […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी, १ असार । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ ।     टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी चौथो पुस्ताको इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो ।     धवलागिरि गाउँपालिकाको […]

कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ

दमक । नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् । दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मुखको स्वास्थ्यलाई ख्याल गरिएन भने शरीरमा अन्य समस्या देखा पर्छन् : ज्योति मधु

हामीले निरन्तर दाँत सफा गरेतापनि उचित तरिकाले सफा नगरेका कारण मुखमा फोहोर बसिराखेको हुन्छ । त्यही फोहोरका कारणले नै सास गनाउने समस्या देखिन्छ । त्यसैगरी मुखकै कारण देखिने अर्को समस्या भनेको पेटको समस्या हो । ज्योति मधु दन्त चिकित्सक नेपालमा विगतको भन्दा मुख वा दाँतको स्वास्थ्यबारे सचेतना बृद्धि भएको छ । तर आम मानिसहरुमा मुखको […]