१८ चैत्र २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार

चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु

बरहथवा सर्लाही, ८ माघः सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

बागमती मुख्‍य समाचार समाचार

किन घट्यो ईभी आयात ?

काठमाडौं । पछिल्लो समय विद्युतीय गाडी (ईभी) आयात घट्दै गएको छ । यसवर्ष चीनसँगको मुख्य दुई व्यापारीक नाकामा भएको अवरोधका कारणले नेपालमा ईभी आयात घटेको सरोकारवालाहरुले बताएका छन् । भन्सार विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पुस सम्म चार पांग्रे विद्युतीय गाडी (ईभी) १२ अर्ब ५ करोड ४५ लाख […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

मुगुमा सात दलका उम्मेदवार, तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा

मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुगुमा सात दलले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सात दलले उम्मेदवारी दर्ता गराए पनि मुख्यतया तीन दलको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिस्पर्धा हुने दलमाा नेपाली कांग्रेसबाट खडगबहादुर शाही एमालेबाट पूर्णहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाहीबीच कडा प्रतिस्पर्धा […]

मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज पर्सा, ८ माघः वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात रू १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ । गत आवको छ महिनाको […]

कोशी मुख्‍य समाचार समाचार

बुटबलबाट मानसिक रूपमा कमजाेर महिलाको उद्धार

बुटबल । मानसिक रूपमा विक्षिप्त भई बेवारिसे बनेकी एक जना महिलालाई बुधबार मानवसेवा आश्रम बुटबल शाखाले उद्धार गरेको छ। बुटबल उपमहानगरपालिका–७, दिपनगरस्थित सडकपेटीमा अलपत्र अवस्थामा फेला परेपछि अन्दाजी ७० वर्षीया मुना मानवलाई उद्धार गरी हाल बुटबल शाखाको संरक्षणमा राखिएको आश्रमले जनाएको छ। मानसिक रूपमा कमजोर अवस्थामै रहनुभएकी उहाँको आवश्यक उपचार, हेरचाह तथा सेवा व्यवस्थापनको जिम्मेवारी आश्रमले […]

मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

प्रतिनिधिसभा निर्वाचन : बाजुराका आठ उम्मेदवारको सामुहिक प्रतिबद्धता

बाजुरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि बाजुराबाट उम्मेदवारी बनेका आठ जना उम्मेदारले सामूहिक रुपमा प्रतिबद्धता पत्र जारी गरेका छन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिई शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन सामूहिक प्रतिबद्धता जारी गरेका हुन्। बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिबद्धता पत्र सार्वजनिक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रतिनिधिसभा निर्वाचन काठमाडौ: सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौँ, ७ माघ : सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । उक्त दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा –भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी, ८ माघः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा कोठा भवन निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय फ्रेण्ड्स इभीको आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु २० लाख र […]

बागमती मुख्‍य समाचार समाचार समाज

बुधबार मानवसेवा आश्रमको सक्रियताः ६ जनाको उद्धार, ३ जनाको पुनर्मिलन

काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न शाखाहरूले बुधबार बेवारिसे अवस्थामा रहेका ६ जना सडक मानवहरूको उद्धार गरेका छन् भने ३ जना आश्रितको सुखद् पारिवारिक पुनर्मिलन गराउन सफल भएका छन्। उद्धार गरिएका व्यक्तिहरूमध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन्, जसलाई आश्रमको संरक्षणमा राखी आवश्यक सेवा प्रदान गरिएकाे छ । बुधबार आश्रितहरूको सेवा सहजीकरणका लागि सहयोगी दाताहरूबाट […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन÷तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशिल […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको भाउ केही घट्यो

काठमाडौँ, ८ माघः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८७० […]