सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेश भएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलेको थियो । […]











