९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराज भक्त श्रेष्ठले सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च रहेको हुनाले त्यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै उनले अब आउने नयाँ नेतृत्वले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अझ सशक्त बनाउने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हर्क साम्पाङको प्रश्न : ‘नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्याे’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको पनि आज […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने,‘हामीले अर्थमन्त्री ज्युलाई शंंकाको लाभ दिएकै थियौं हाम्रो दलको तर्फबाट । हामी यहाँ संसदमा […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । […]

बागमती मुख्‍य समाचार समाचार

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ । बालबालिकालाई श्रम शोषणबाट मुक्त गराई शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सम्मानजनक बाल्यकाल सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । बालबालिका शारीरिक, मानसिक तथा भावनात्मक रूपमा पूर्ण परिपक्व नहुने भएकाले उनीहरूलाई श्रममा लगाउनु बालअधिकारको गम्भीर उल्लंघन भएको मानिन्छ । गरिबी, अशिक्षा, बेरोजगारी, […]

गण्डकी मुख्‍य समाचार समाचार

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा विवादको अवस्था चर्किँदै जाँदा त्यसको असर मुगुमा परेको छ । बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकाका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु गाउँपालिका, खत्याड गाउँपालिका स्थानीयलाई सवारी आवतजावत र पूर्वाधार तथा विकास निर्माणका सामाग्रीहरू ढुवानीमा समस्या साथै रारा र हुम्ला, मुगु घुम्न आउने पर्यटहरुलाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाको ७४ (ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

छिटो विधेयक तयार गर्न मन्त्रालयहरूलाई कानुन मन्त्री गौतमको अनुरोध 

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बनाउनुपर्ने कानुनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गरेकी छन् । बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसहित दुवै मन्त्रालयका अधिकारीसँग छलफल गर्दै मन्त्री गौतमले छिटो विधेयक मस्यौदा गर्न अनुरोध […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

खेलकुद मुख्‍य समाचार विशेष समाचार

फिफा विश्वकप : दक्षिण कोरिया विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराएको छ । शुक्रबार बिहान भएको समूह ए को खेलमा कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको हो । स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए । दक्षिण कोरियाका लागि ६७ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

फिफा विश्वकप : मेक्सिकोसँग दक्षिण अफ्रिका २-० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ । मेक्सिको सिटी रंगशालामा भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको हो । खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरेका थिए । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक […]