१८ चैत्र २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १२ माघ ः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

चन्द्रपुर रौतहट, १२ माघः विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट दलित क्लष्टर बाट उम्मेदवारी दर्ता गराएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् । उनले सात हजार ९०४ मतभार प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट […]

पर्यटन बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार

काठमाडौं । नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए । आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख केसीले करिब साढे […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ को उपाधि नेर्पा स्पोर्ट्सलाई

खोटाङ, १२ माघः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आइतबारसम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले उपाधि जितेको हो । उपाधि विजेता नेर्पाले नगद रु तीन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौँ, १२ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचनः संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौँ, ११ माघः निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ । आयोगको कार्यालयमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आए तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘रवि–बालेनबाट देशलाई खतरामा छ, काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिन्छन्’

काठमाडौं । रवि–बालेनबाट देश खतरामा पर्ने र काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिने वक्ताहरुले जिकिर गरेका छन् । आइतबार राजधानीमा चुनाव सन्दर्भ कार्यक्रममा बोल्ने उम्मेदवारहरुले मोबाइल चिन्हमा भोट हाल्न अपिल समेत गरेका छन् । आम जनता पार्टीका सहअध्यक्ष तिलक थापामगरले एमाले–काँग्रेस पुरानै दोहोरिए भ्रष्टाचार मौलाउने र रबि–बालेन आए देशको राष्ट्रिय स्वाधिनता धरापमा पार्ने दाबी गरेका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विद्यार्थीहरूका लागि खुला विश्वविद्यालय अझ सशक्त माध्यम बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयले उच्च शिक्षामा पहुँच विस्तार गर्दै गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा आइतबार सम्पन्न नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले खुला तथा दूर सिकाइमार्फत देशभित्र र विदेशमा रहेका विद्यार्थीहरूलाई सर्वसुलभ उच्च शिक्षाको पहुँच पु¥याउने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ९६ प्रतिशत मत खस्यो

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको छ । बिहान ९ बजे सुरु भएको मतदान अवधी ३ बजेसम्म कर्णालीका सात जना मतदाताले मतदान नगरेका प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए । कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि एक सय ९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधी दिउँसो ३ बजेसम्म एक सय ९१ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए । उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार […]

बागमती मुख्‍य समाचार समाचार समाज

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं, ११ माघः होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल हान ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन गुन्द्रुक को प्रवद्र्धनका निम्ति राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ । हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्सको छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो । उनले भने, नेपाल आउने करिब […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

च्यांग्रा स्रोत केन्द्र तीन वर्षदेखि अलपत्र अवस्थामा

मुगु । कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित मुगुम कार्मारोङ गाउँपालिका–१ पिप्लेडीमा निर्माण गरिएको च्यांग्रा स्रोत केन्द्र तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारको ९४ लाख र मुगुम कार्मारोङ गाउँपालिकाको २२ लाख गरी कुल १ करोड १६ लाख रुपैयाँ लागतमा सुरु […]