१७ चैत्र २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौँ, २० माघः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व स्वास्थ्य सङ्गठनद्वारा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

काठमाडौँ, २० माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूची माथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले उम्मेदवार जिताउन युवा संघले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने

काठमाडौैं । राष्ट्रिय युवा संघ नेपालले फागुन २१ को चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवारलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । गत शुक्रबार महाधिवेशनपछिको पहिलोको निर्णय सार्वजनिक गर्दै संघले बैठकले वर्तमान राजनीतिक परिस्थितिको वस्तुगत विश्लेषण गर्दै आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो : नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रवल थापाले कांग्रेस सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले स्थायित्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार भएको भन्दै अहिले कांग्रेस रुपान्तरित भई नयाँ पार्टी बनेर आएको दाबी गरेका हुन् । उनले भने,‘स्थायीत्व बिना समृद्धि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘म पहिलो पटक संसदमा आएको हुँ । यो मेरो इच्छा होइन, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनको पाँच महिनापछि पुर्खौली घर पुगे पुर्वगृहमन्त्री लेखक

महेन्द्रनगर । पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको आफनो पुर्खौली घर पुगेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेता समेत […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल १० वर्षको जेल सजाय सुनाएको हो । ढाका विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रोबिउल आलमले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधामन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्दा माथि कोही पनि नहुने कुरा सधैँ सम्झिनु पर्ने बताईन् । उनले भनिन,‘नागरिकले आफ्नो […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त

मकवानपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा अनुभवी राजनीतिज्ञदेखि पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका नयाँ अनुहारसम्मको रोचक भिडन्त हुने देखिएको छ । २३ जनाले उम्मेदवारी दर्ता गराए पनि वास्तविक प्रतिस्पर्धा भने केही सीमित उम्मेदवार र राजनीतिक धारबीच केन्द्रित हुँदै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतवार सुनको मूल्य तीन लाख रुपैयाँ थियो । त्यसैगरी, आज चाँदीको […]

कोशी मुख्‍य समाचार राजनीति समाचार

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

ढोरपाटन बागलुङ, १९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान तीव्र पारेका छन् । फागुन ४ गतेअघि आमसभा तथा खुला कार्यक्रम गर्न नपाउने भएपछि उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममा छन् । माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि मतदाता समक्ष पुगेर भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन् । दुई […]