२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति

सभापति देउवाद्वारा सहिद खनालको सालिक अनावरण

दमौली तनहुँ, २७ साउनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका–६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको सालिकको आज अनावरण गरेका छन् । सहिद कल्याण खनालको २३औँ स्मृतिसभाको अवसर पारेर सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको सालिकको सभापति देउवाले अनावरण गरेका हुन् । नेपाली कांग्रेसका तत्कालीन नेता स्व खनालको विसं २०५९ […]

बागमती मुख्‍य समाचार समाचार

ग्रासरुट्स फुटबल कार्यक्रम सुरु, ४९ वटा जिल्लामा कार्यक्रम हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ग्रासरुट्स कार्यक्रम सुरु गरेको छ । मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा बालबालिकाको हक हित र वृहत्तर विकासमा फुटबल दरिलो माध्यम बनाउने उद्देश्यका साथ ग्रासरुट्स कार्यक्रम सुरु गरेको एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले जानकारी दिए । उनको अनुसार एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालबीच […]

बागमती मुख्‍य समाचार समाचार

फूल उत्पादनमा वृद्धि

काठमाडौँ, २७ साउनः अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा रु २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१÷८२ मा रु १२ करोड ६० लाखको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ । पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका […]

बागमती मुख्‍य समाचार समाचार

जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा जलवायु परिवर्तनलाई विश्वसमुदायसँग सहयोगको आव्हान गर्दा समेत उचित नीति नभएको भन्दै समितिमा नीतिले सम्बोधन गर्नुपर्ने माग गरिएको हो । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले हिमतालहरु फुटेकोदेखि लेदो […]

अर्थ बागमती मुख्‍य समाचार

नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ । नेप्से परिसुचक घटेर २८ सय बिन्दुभन्दा तल झरेर आज २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनमा यसदिन कारोबार रकम पनि घटेको छ । आज कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको […]

मधेश मुख्‍य समाचार

कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन

रौतहट । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार कारागारमा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलाका राहुल साह तुराहाको मङ्गलवार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार, मङ्गलवार बिहान कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या […]

बागमती मुख्‍य समाचार राजनीति

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेस गरिएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र […]

खेलकुद बागमती मुख्‍य समाचार

साम्बा’लाई ब्रान्ड एम्बेसडर हस्ताक्षर

काठमाडौं । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो  । साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ छ । संयुक्त प्रेस विज्ञप्ति म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’ को ब्रान्ड एम्बेसडर हस्ताक्षर समारोहमा सहभागी हुन आउनु हुने सबैलाई हार्दिक स्वागत गर्दछौ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गर्नु भएका सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाउदा हामी निकै उत्साहित छौं । नेपाल एपीएफ क्लबबाट खेल सुरु गर्नु भएका साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसक्नु भएको छ । २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा १० खेलमा ३१ गोल गर्नु भएको थियो, जुन एउटा कीर्तिमान पनि हो । त्यसबाहेक साम्बाले इजरायलको होपोइल रानानाबाट पनि खेलिसक्नु भएको छ । गत वर्ष उहाँले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल्नु भएको थियो । अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नु हुनेछ । हामी ’साम्बा’ ले न्यूजील्यान्डको वेलिङ्टन फिनिक्सका लागि व्यवसायिक सम्झौता गर्नुभएकोमा बधाई साथै अष्ट्रेलियाको शीर्ष डिभिजन लिगमा आगामी सिजनका लागि शुभकामना दिन चाहन्छौं । म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको छ। खेलकुद र विशेष गरी फुटबलबाट सफलताको शिखरमा पुग्नुभएकी ’साम्बा’ नेपाली युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । युवाहरूलाई आफ्नो सपना पछ्याउन र विश्वभर अवसर खोज्न प्रोत्साहित गर्ने यही भावना म्याक्सिम्याक्स एजुकेशन एन्ड माइग्रेशन सर्भिसेजको पनि हो–जहाँ हामी तपाईंलाई अध्ययन, करियर र भविष्यका लागि सही मार्गदर्शन प्रदान गर्छौं । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ । नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।  

बागमती मुख्‍य समाचार समाचार

काठमाडौंमा ‘डाइभर्सिटी कार्निभल’: सीमान्तकृत युवाका मुद्दाबारे वहस

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले आयोजना गरेको ‘डाइभर्सिटी कार्निभल–विविधताको उत्सव २०२५’ सोमबार सम्पन्न भएको छ । देशभरका विभिन्न जाति, लिङ्ग, भाषा, भौगोलिक क्षेत्र र पहिचानका डेढ सयभन्दा बढी युवाको सहभागितासहितको यो कार्यक्रम अन्तरक्रिया, कार्यशाला र सृजनात्मक प्रस्तुतिले भरिएको उत्सवका रूपमा मनाइएको हो। कार्यक्रमको उद्घाटन बृधिका सेञ्चुरीको स्वागत मन्तव्यसँगै भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेपालका ६ विद्युत आयोजनामार्फत थप दुई सय मेगावाट बिजुली किन्दै भारत

काठमाडौं । भारत सरकारले नेपालका ६ वटा विद्युत आयोजना मार्फत थप करीब २०० मेगावाट बिजुली किन्ने भएको छ । भारतले नेपालबाट थप १९९.७० मेगावाट विद्युत् (बिजुली) आयात गर्न स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन कुमार ढकालका अनुसार अब नेपालले कुल ११४०.७० मेगावाट बिजुली भारत निर्यात गर्नेछ । यो निर्णय हरियाणा […]

बागमती मुख्‍य समाचार समाचार

तामाकोशीमा बगेर वृद्ध बेपत्ता, खोजी जारी

रामेछाप । मन्थली नगरपालिका–७ भुटौली नजिकै ठेडखोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन् । भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् ।  बिहान १० बजे तिर घरबाट नुहाउन भनी निस्किएका कँडेल बगेर बेपत्ता भएका स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए । बिहान नदीमा नुहाएर […]

मधेश मुख्‍य समाचार समाज

गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ : मुख्यमन्त्री

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मंगलबार निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै उनले आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्नसमेत पहल […]