१८ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति

लगानीका लागि नेपालको बजार सानो छैन् : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन, उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालको बजार सानो नभएको बताएका छन् । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सुदुरपश्चिम प्रदेश सरकारले आयोजना गरेको सुदुरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले लगानी गर्न नेपाली बजार सानो नभएको बताएका हुन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार सूचना प्रविधि

हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

काठमाडौं । रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणधीन अवस्थामा रहेको ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गर्दा आफूहरु ठगिएको आरोप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले लगाएका छन् । उनीहरुले ब्लु डाइमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङ(संजिव) र अपर मैलुङ हाइड्रो पावर कम्पनीमाथि यस्तो आरोप लगाएका हुन् […]

कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा

कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ९सिएमसी नेपाल०को आर्थिक एवं प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी

दोधारा चाँदनी कञ्चनपुर, १२ भदौः कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरुसँगै राखेर पढाइन्छ । शारीरिक रूपमा अशक्त बालबालिका शिक्षाबाट वञ्जित नहोऊन् भन्ने उद्देश्यले अन्य विद्यार्थीसँगै कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरिएको पूर्णिमा आधारभूत […]

बागमती मुख्‍य समाचार समाचार

देवचुलीमा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण सुरु

नवलपुर नवलपरासी ब सु पू, १२ भदौः यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धमाधम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

युवाको उमेर अब १८ देखि ३५ बर्ष

काठमाडौँ, १२ भदौ ः युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। यसअघि राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी […]

बागमती मुख्‍य समाचार समाचार

भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब प्राप्त गर्न बाँकी

चितवन, १२ भदौः भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेपाल शिक्षक महासंघको ध्यानाकर्षण, सहमति तोडिए आन्दोलन चर्किने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले नेकपा एमाले केन्द्रीय समिति अध्यक्षलाई आज बुझाएको ध्यानाकर्षण पत्रमार्फत सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन्दै आपत्ति जनाएको हो । महासङ्घले विगतमा २०७५, २०७८ र २०८० सालमा आन्दोलन गरेर क्रमशः ३०, ५१ […]

मधेश मुख्‍य समाचार समाचार

मिर्चैयामा ओभरपास निर्माण हुँदै

सिरहा, १२ भदौः पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ । निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले सन् २०२५ डिसेम्बर ३१ भित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको जनाएको छ । पाँच सय मिटर लम्बाइको ओभरपासमा २४ वटा ‘पाइल’ राखिसकिएको छ । उक्त संरचना छ मिटर उचाइमा निर्माण हुने […]

गण्डकी मुख्‍य समाचार समाचार

बेनी बजारमा रातो च्याउको माग बढी

म्याग्दी, १२ भदौः बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो । यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आएका रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ल्याएको २० किलो रातोच्याउ […]

गण्डकी मुख्‍य समाचार समाचार

अझै कायम छ कटुवाल प्रथा

लमजुङ, १२ भदौः प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको छ । यता पहाडी जिल्ला लमजुङमा भने यो प्रथा अझै कायमै छ । जिल्लामा आधुनिक प्रविधिको विकास तथा पहुँच नभएको होइन । प्रायःजसो नागरिकका हातहातमा मोबाइल र इन्टरनेट छ । तथापि, यहाँका कतिपय गाउँमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले हालको सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकार परिवर्तनको आवश्यकता रहेको बताएका छन् । नेप्लिज क्यानडियन एसोसिएसन अफ अटवाद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डा. वाग्लेले वर्तमान सरकार लोकतन्त्रको बाँकी रहेको अलिअलि प्राण पनि समाप्त पार्न थालेको आरोप लगाए । ‘अहिलेको सरकार ढल्नुपर्छ भन्ने छ हाम्रो […]