१७ आश्विन २०८३, शनिबार
मधेश मुख्‍य समाचार समाचार

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

जनकपुरधाम, ५ असोजः जेनजी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा रु १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति भएको छ । जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको कार्यालय प्रमुख मानबहादुर पौडेलले जानकारी दिए । गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका घाइतेहरूले बुझाए गृहमन्त्रीलाई ज्ञापन  

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापनपत्र बुझाएका हुन् । यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

बागमती मुख्‍य समाचार समाचार

मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा प्रारम्भ

रामेछाप । एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्ने र एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण गर्ने उद्देश्यसहित मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा सुरु गरिएको छ । आइतबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा उक्त सेवाको उद्घाटन गर्दै अस्पतालको निरन्तर सेवा विस्तार भएकोमा खुसी व्यक्त गरे । ‘अस्पतालमा जनशक्ति लगायतका चुनौती भएपनि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन हामी […]

बागमती मुख्‍य समाचार समाचार

पृथ्वी राजमार्ग साँझसम्म खुल्ने

काठमाडौँ, ५ असोजः पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ । पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै

बैतडी, ५ असोजः हिन्दू नेपालीहरूको मुख्य चाड बडादसैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपाली घर फर्कन थालेका छन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतसँग जोडिएको बैतडीको सीमानाका […]

गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

मुस्ताङ, ५ असोजः दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल कागबेनीधाममा यसवर्ष तीर्थालुको आगमन घटेको छ । दसैँपर्व अघि सोह्रश्राद्ध सुरु भएसँगै भक्तजनको आगमन बढ्ने गरेकामा देशमा उत्पन्न विषम परिस्थितिका कारण धार्मिक तीर्थालुको सङ्ख्या घटेको हो । दामोदरकुण्डबाट बग्ने काली नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको उद्धार गर्न तथा […]

कोशी मुख्‍य समाचार समाचार

च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

झापा, ५ असोजः विर्तामोड–३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बनेका छन् । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ । खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथिभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमा पहिलोपटक टिस्युकल्चर प्रविधिबाट च्याउको बीउ उत्पादन गर्दै आएको छ । उद्योगबाट वार्षिक […]

कर्णाली मुख्‍य समाचार समाचार

उपल्लो डोल्पामा खाद्यान्न अभाव

काँक्रेविहार सुर्खेत, ५ असोजः उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या भएको छ । तीन पालिकास्थित धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रमा खाद्यान्न अभाव भएको हो । गत आर्थिक वर्षमा बाँडिएको चामल सकिएपछि नयाँ चामलका लागि ठेक्का नलागेकाले खाद्यान्न अभाव भएको डोल्पाका शाखाका प्रमुख विष्णु घिमिरेले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, ५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानबमोजिम अध्यक्ष रेग्मीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

जेनजी प्रदर्शनका क्रममा दार्चुलाका आठ वटा कार्यालयमा क्षति

नौगाड दार्चुला, ५ असोजः दार्चुलामा ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाकाअनुसार हालसम्म आठ वटा कार्यालयमा क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकीन विवरण भने हालसम्म सङ्कलन हुन सकेको छैन । गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लाका तीन वटा राजनीतिक दलका पार्टी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ, ५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मधेश मुख्‍य समाचार समाचार

लहानका सुकुम्बासी बस्तीमा धारा जडान गरिँदै

सिरहा, ५ असोजः यहाँको लहान नगरपालिकाले सुकुम्बासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा खानेपानीको धारा जडान गर्ने अभियान तीव्र बनाएको छ । नगरपालिकाले आज मात्रै थप ५५ सुकुम्बासी परिवारका लागि धारा जडान प्रक्रिया अघि बढाएको हो । घरमा धारा जडान भएसँगै अब टाढाटाढाबाट घैलोमा पानी बोक्नुपर्ने बाध्यताबाट सुकुम्बासी परिवारले मुक्ति पाउने भएका छन् । यो […]