१७ आश्विन २०८३, शनिबार
कर्णाली मुख्‍य समाचार समाचार

रुकुम पश्चिमको १० स्थानमा यात्रु सहायता कक्ष

सुर्खेत । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा यात्रुहरुको चाप बढी हुने स्थानमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लले जानकारी दिए । मुसिकोट नगरपालिकाको खलङगा, […]

बागमती मुख्‍य समाचार विशेष समाचार

बबरमहलस्थित दुर्गाबिनायक मन्दिरमा घटस्थापनाको अवसरमा जमरा राखिँदै

काठमाडौं । दशैँको पहिलोदिन आज घटस्थापनाको अवसरमा काठमाडौंको बबरमहल स्थित दुर्गाबिनायक मन्दिरमा विशेष पूजापाठ गरी जमरा राखिँदै छ । यस मन्दिरका पुजारी कमल सापकोटाका अनुसार आज बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने शुभ साइत रहेको छ । धार्मिक परम्परा अनुसार दुर्गा भगवतीलाई चढाउनका लागि जमरा राखिन्छ, जसलाई दशैँको आठ दिनको विशेष अवधीभर पूजा गरिन्छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

महावीर पुनले भने : मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नु

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ […]

कर्णाली मुख्‍य समाचार समाचार

राउटे करिडोर निर्माण

सुर्खेत । घुमन्ते लोपोन्मुख राउटे समुदायको उत्थान, संरक्षण सशक्तीकरणका लागि राउटे नीति तयार गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले बनाएको राउटे नीति सरोकारवाला पक्षसंगको छलफल पछि तत्काल लागू गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । ‘शिक्षा, स्वास्थ्य, गास, बास, कपासलगायत राउटे समुदायको समग्र सशक्तिकरणका लागि नीति बनाएका छौं,’ मन्त्री भण्डारीले […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

दशैं–तिहारमा सहुलियत दरमा खाद्यान्न लिन उपभोक्ताको भिड

मुगु । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल, तेल र चिनी बिक्री गर्न सुरु गरेको छ । कम्पनीले जिल्लाको छायाँनाथ रारा नगरपालिका, मुगु–कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी गत सोमबारदेखि गमगढीस्थित शाखा कार्यालयबाट सहुलियत दरमा खाद्यान्न वितरण […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य

जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव, विरामीलाई सास्ती

बाजुरा ।  जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव भएको छ । झाडापखाला लाग्दा जोगाउने अचुक औषधिको रुपमा मानिने ओआरएस अर्थात जिवनजल अस्पताल बाजुरामा अभाव भएको पाइएको हो । सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाईएको छ । जिवनजल नहुँदा झाडापखालाका विरामीहरुले सास्ती खेप्नु परेको छ । झाडापखाला लागिरहेको बेला अस्पताल गएर जीवनजल […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै

काठमाडौं । विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४७, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३३, आलु रातो (मुडे) प्रतिकिलो ४४, प्याज […]

बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार

नकरात्मक गुणहरूलाई नियन्त्रण गरेर मानवलाई देवताजस्तै बनाउन सकिन्छ : बुद्धि तामाङ अध्येता

काठमाडौं । विकास, दर्शन, समाजशास्त्र र नेतृत्व प्रशिक्षणमा अनुभव राख्ने बुद्धि तामाङले नेपाल न्यूज बैंकसँग हालै गरेको कुराकानीमा नेपाली समाज, राजनीतिक संरचना, मानसिकता र व्यक्तिगत विकासबारे गहन दृष्टिकोण प्रस्तुत गरेका छन् । उनका अनुसार, मानव मन र व्यवहारमा दुई प्रमुख स्रोतले प्रभाव पार्छ अघिल्लो जुनीको रागको प्रभाव र जेनेटिक संरचना अनुसार समाज प्रभावित हुनेछ । […]

बागमती मुख्‍य समाचार समाचार

बुलेटे आमा’ सुशिला उप्रेतीले प्रधानमन्त्री सुशीला कार्कीसंग भेटघाट गर्दै

काठमाडौं । बुद्धशान्ति गाउँपालिका–३ की बासिन्दा सुशीला उप्रेती तिवारी, जो ‘बुलेटे आमा’ का नामले चिनिन्छिन्, उनले असोज ४ गतेदेखि नयाँ अन्तर्राष्ट्रिय बुलेट बाइक यात्रा सुरु गरेकी छन् । नेपाली महिला सशक्तिकरण, संस्कृति तथा विश्वशान्तिको सन्देश लिएर उनले यसपटक इजरायलसहित अन्य देश भ्रमण गर्ने योजना बनाएकी छन् । ६० वर्ष नाघिसकेकी ‘बुलेटे आमा’ ले यसअघि नै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

घटस्थापना र जमरा राख्ने प्रचलनमा सांस्कृतिक र वैज्ञानिक कारण छ’

काठमाडौं ।  आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ  । आश्विन शुक्ल प्रतिपदादेखि लिएर पुर्णिमा पर्यन्तसम्म १५ दिन यसलाई शरदीय नवरात्र भनेर भनिएको पण्डित उत्तम न्यौपानेको भनाइ छ  । नेपाल न्यूज बंैकंसँगको कुराकानीमा शरद पूर्णिमामा शरद […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

इजरायली आक्रमणबाट यमनमा ३१ पत्रकारको मृत्यु

काठमाडौं । न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) ले इजरायलले यसै महिनाको सुरुवातमा यमनमा गरेका हवाई आक्रमणबाट ३१ जना पत्रकारको मृत्यु भएको जनाएको छ । यो गत १६ वर्षयताको पत्रकारमाथिको सबैभन्दा घातक हमला भएको समितिले जनाएको छ । समितिका अनुसार सेप्टेम्बर १० मा इजरायली आक्रमणले यमनको राजधानी साना स्थित दुई पत्रिका २६ सेप्टेम्बर र अल–यमनका […]