९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार

अनावश्यक खर्च कटौती गर्न नेपाल आयल निगममा कडाइः ओभरटाइम भत्तामा व्यापक कटौती

काठमाडौँ ।सरकारले प्रशासनिक र सञ्चालन खर्च घटाउने नीति अन्तर्गत नेपाल आयल निगमका कर्मचारीहरूले पाउँदै आएको अतिरिक्त समय (ओभरटाइम) भत्तामा व्यापक कटौती गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको विशेष निर्देशन र निगम नेतृत्वसँगको लामो छलफलपछि ’नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियामावली, २०८३’ तयार पारिएको हो। विशेष गरी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तीन महिनामै बालेन सरकारले ‘काम गरेन’ भन्न मिल्दैन तर सच्चिनु जरुरी छ : मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले बालेन्द्र शाह नेतृत्वको सरकारले ‘देश बनाउन सकेन’ भनेर अहिले नै टिप्पणी गर्न नहुने बताएका छन् । नेपाल न्यूज बैंकसँग सरकारको एकसय दिनको समीक्षा संवादमा उनले सरकार कुन दिशातर्फ गइरहेको छ भनेर भन्न सकिएला तर काम नै गर्न सकेन भन्नु सान्दर्भिक नहुने तर्क गरे । ‘हनिमुन पिरियड’ पूरा गरेको सरकारको […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि मुगुमा सामूहिक सहभोज

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गरेको छ। शुक्रबार नगरपालिकाको दलित हेल्प डेस्कद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मीका दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो। जातीय विभेद सामाजिक अपराध भएको सन्देश प्रवाह […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रदेश संरचनालाई बोझिलो होइन प्रभावकारी बनाउन जरुरी छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा खोला आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा वैकल्पिक जग्गा उपलब्ध गराउने विषयमा विभिन्न मोडलमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सांसदको कार्यसम्पादन र उपस्थितिको डिजिटल अभिलेख राखिने, एआईको दुरुपयोग र साइबर अपराधबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई थप प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत सांसदहरूको कार्यसम्पादन र गतिविधिको डिजिटल अभिलेख राख्ने प्रणाली निर्माण गरिरहेको जनाएको छ । शुक्रबार प्रतिनिधिसभा सदस्यहरूलाई पार्टीले विकास गरिरहेको डिजिटल प्रणालीबारे जानकारी गराउने तथा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाकी सांसद क्रान्ति शिखा धितालले उक्त जानकारी दिएकी हुन्। […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा बोल्दै थापाले आफूले निर्वाचनका क्रममा शिक्षा […]

बागमती मुख्‍य समाचार समाचार

आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी, के भन्छ निगम ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगममा कर्मचारीलाई अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता पुनरावलोकन गरी सिफ्ट प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ । निगममा ओभरटाइमका नाममा भइरहेको ठूलो आर्थिक खर्च, कार्यप्रणालीमा देखिएको असन्तुलन तथा वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले मन्त्रालयले यस्तो गृहकार्य थालेको हो। नेपाल आयल निगमको कर्मचारी प्रशासन […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । यस ९० सेकेन्डको भिडियोमा ट्रम्पले आफूलाई एक चिकित्सकको रूपमा प्रस्तुत गर्दै ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ (टीडीएस) को उपचार गरिरहेको देखाइएको छ । ‘टीडीएस’ ट्रम्पले आफ्ना विरोधी र राजनीतिक शत्रुहरूलाई होच्याउन प्रयोग गर्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

विराटनगर । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा प्रदेशसभा कांग्रेस सांसद रामकुमार खत्रीको भनाइ थियो, ‘सरकारमा आफ्नै दल सहभागी भए पनि मुटुमाथि ढुंगा राखेर हाँस्नुपरेको छ ।’ खत्रीले बजेट निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बजेटबारे कुनै प्रतिक्रिया नदिने बताएका थिए । बजेट वक्तव्यमा मात्रै नभई सत्ता पक्षकै सांसदहरू गत जेठ ७ गते प्रदेश सरकारले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

काठमाडौं । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको बैठकमा नेपालमा पैदलयात्री र सवारी चालकसम्मलाई पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउने गरी कानुन ल्याउने तयारीविरुद्ध आवाज उठेको हो । दुर्घटना न्यूनीकरण साथै नेपालको वर्तमान टे्रड युनियनको अवस्थाबारे स्टेयरिङ समिति […]

बागमती मुख्‍य समाचार समाचार

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रममार्फत शुक्रबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि असार ३ गतेदेखि ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । उक्त अवधिमा प्राप्त आवेदनमध्ये २८ लाख १५ हजार ६७९ […]

बागमती मुख्‍य समाचार समाचार

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो […]