१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

काठमाडौँ, २८ असोज : नेपाल पोलिसी इन्स्टिच्युट एनपीआईले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू शीर्षकको नीति सिफारिस एनपीआईले निर्वाचन आयोगका आयुक्त जानुका तुलाधर र अन्य पदाधिकारीहरू तथा सचिव […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

राउटे समुदायमा बिरामीको संख्या बढ्दै, उपचार गर्न नमान्दा समस्या

सुर्खेत । फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा विरामीको सख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गए पछि समस्या देखिएको छ । सुरुमा दुई […]

गण्डकी मुख्‍य समाचार समाचार

शिविरबाट एक हजार ३७५ लाभान्वित

गलकोट बागलुङ, २८ असोज : जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो । शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको […]

मधेश मुख्‍य समाचार समाचार

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

वीरगञ्ज पर्सा, २८ असोज : सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गैरराजनीतिक संस्थामा राजनीतिक प्रभाव बढ्नुमा एनआरएनएहरु स्वयम दोषी छन्

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आन्दोलनले आफ्नो यात्रा सुरु गरेको दुई दशक पूरा गरिसेको छ । सन् २००३ मा नेपाल बाहिर रहेका नेपालीहरूको हितका लागि सुरु गरिएको यो अभियान आज ८७ देशमा फैलिइसकेको छ । यति छोटो अवधिमा संस्थाले प्राप्त गरेका उपलब्धिहरू प्रशंसनीय छन् । तर यसबीच संस्थाभित्र देखा परेका राजनीतिक प्रभाव, गुटबन्दी र […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

असंवैधानिक सरकारका कार्य वैधानिक हुदैन : अध्यक्ष ठाकुर

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले यो असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक नहुने बताएका छन् । यधपी विशेष परिस्थितिमा यो सरकार बनेकाले जनताले मानेको उनको भनाइ छ । रौतहट सदरमुकाम गौरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले चुनावको मिति घोषणा गरेपनि पर्याप्त समय र गृहकार्य नभएको बताए । अबको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध […]

बागमती मुख्‍य समाचार समाचार

भुम्लुमा ५० वर्षदेखिको समस्या : हालसम्म ५३१ ले पाए जग्गाधनीपुर्जा

काभ्रेपलाञ्चोक, २८ असोज : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको जग्गाधनी पुर्जा लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन् । हालसम्म पाँच सय ३१ प्रिवारले पुर्जा पाएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्याएर औपचारिक रूपमा गत […]

बागमती मुख्‍य समाचार समाचार

उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोगमा रोक

बागमती, २८ असोज : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको हो । प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्नुहुँदै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डिसी अमेरिका २८ असोजः विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

काठमाडौँ, २८ असोजः विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितीमा आजको बैठक बस्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक […]