१६ आश्विन २०८३, शुक्रबार
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार

बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सर्वदलीय बैठक सुरु, सभामुख घिमिरेले संसद् विघटनबारे धारणा संकलन गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा संसद् विघटनबारे विचार लिन सर्वदलीय बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ। बैठकमा प्रतिनिधि सभामा रहेका सबै दलको धारणा संकलन गर्ने प्रक्रिया जारी छ। सभामुख घिमिरेले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जानुपर्छ कि जानु पर्दैन भन्ने विषयमा दलहरूको राय बुझाउन बैठक आयोजना गरेका हुन्। विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, […]

अर्थ कोशी गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङमा यस वर्ष एक अर्बभन्दा बढीको स्याउ उत्पादन

मुस्ताङ । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष एक अर्ब १० करोड बराबरको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

दिनहुँ नयाँ कीर्तिमानी कायम गर्दै सुनको मूल्य, के हो कारण ?

काठमाडौं । पछिल्लो समय निरन्तर बढ्दै गएको सुनको मूल्यले दैनिक रुपमा नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार नेपाली बजारमा नयाँ कीर्तिमानी बनाएको सुनको मूल्यले बुधबार पनि कीर्तिमानी नै बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दै २ लाख ४८ हजार ९०० रुपैयाँ प्रतितोला कायम भएको छ […]

खेलकुद मुख्‍य समाचार समाचार

टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक भिडन्त

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुदैँछ । सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल राति ८ः४५ बजे सुरु हुनेछ । […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश हाल गम्भीर राजनीतिक संकटतर्फ धकेलिएको भन्दै प्रतिक्रान्तिका लक्षणहरू देखा परेको चेतावनी दिएका छन् । एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्था लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताएका हुन् । उनले देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ अग्रसर भइरहेको छ र यदि यो अवस्थामा प्रभावकारी […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने: राप्रपा प्रमुख सचेतक शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका मागहरू पूरा नगरी संसद पुनःस्थापना गर्नु नहुने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेले दलहरूसँग संसद पुनःस्थापनाबारे गरेको छलफलपछि शाहीले आफ्नो पार्टीको स्पष्ट अडान प्रस्तुत गर्दै भने, “जेनजीका मागहरू पूरा नगरिकन संसद पुनःस्थापना गर्नु हुँदैन् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २६ लैनचौर क्षेत्रमा एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको जडान कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको छ । वडाध्यक्ष तथा महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले लैनचौरस्थित वडा कार्यालयमा नम्बर ०९– लक्ष द्रव्य ६१११ को ठेगाना प्लेट जडान गर्दै सो प्रणालीको शुभारम्भ गरेका हुन् । प्रारम्भिक […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजनीतिक अस्थिरता र षड्यन्त्रका विरुद्ध पार्टी एकजुट हुनुपर्छः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएका चुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बिपिनसहित चारजनाको शव पहिचान

काठमाडौं । इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ । तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको नाम बाहिर आएको छ भने बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ । आइडीएफका अनुसार बिपिन जोशीको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान गरिएको छ । गाई […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २ बराबर

काठमाडौँ, २८ असोजः गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल रु १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा रु १५ खर्ब […]

गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन

मुस्ताङ, २८ असोजः नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व सङ्कलन भएको हो । यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै लक्ष्य गरी […]