१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल वायुसेवा निगमद्वारा ध्यानाकर्षण

काठमाडौँ, २८ असोज : नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या कम भएको कारण अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

काठमाडौँ, २८ असोजः सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगत भएको थियोे । आजदेखि रिट निवेदन दर्ता […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्। पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि भन्दै नियमित महाधिवेशनमा हस्ताक्षर गराएकाले फिर्ता लिएको उनीहरूको भनाइ छ । मोरङको क्षेत्र नम्बर […]

बागमती मुख्‍य समाचार समाज

मध्यरातमा प्रहरीको भेषमा चोर आएपछि

चितवन, २८ असोजः कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रूस–युक्रेन युद्ध : युक्रेनी बस्तीहरू कब्जा, केही आक्रमण विफल पारेको युक्रेनको दाबी

एजेन्सी । रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ ।  तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रका थप दुई बस्तीहरू नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ। रूसी सेनाले धेरै क्षेत्रहरूमा लक्षित आक्रमणहरू गरेका थिए । जसमा अमेरिकी निर्मित मल्टिपल रकेट […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर […]

बागमती मुख्‍य समाचार समाचार

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

काठमाडौँ, २८ असोजः गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा […]

बागमती मुख्‍य समाचार समाचार

यस वर्ष तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ । सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो । राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो । महाशाखाका अनुसार लक्ष्मी […]

बागमती मुख्‍य समाचार समाचार

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

काठमाडौँ, २८ असोजः दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्पत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा दोस्रो चरणमा १३ उद्योगलाई रु चार करोडभन्दा बढीको […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

अपी सडक निर्माणमा ढिलाइ, महँगीको मारमा स्थानीय

दार्चुला, २८ असोजः यहाँको अपी हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरी निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो । आर्थिक वर्ष २०७७÷७८ सालदेखि सो सडक निर्माण सुरु भएकामा २०८२ वैशाख १४ गते नयाँ ठेक्का सम्झौता भएर काम अघि बढेको थियो […]

बागमती मुख्‍य समाचार समाचार

आज सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । आज नेपाल बजारमा सुनको मूल्य एकैचोटी ८ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भएको सुन मंगलबार २ लाख ४८ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छ । यस्तै, आज चाँदीको मूल्यले पनि मूल्य बढेको छ । […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्

बाजुरा । बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् । गौमुल गाउँपालिका–१ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएको शिशुको अनमी थापाले कृत्रिम श्वासको माध्यममार्फत ज्यान बचाएकी हुन् । निशालाई उनका आफन्तले माडी सामूदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन लगेका थिए  । स्वास्थ्य संस्थामा पुर्याउँदा बच्चाको टाउको पेटमा […]