१६ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई, खेल क्षेत्रको विकासमा थप जोड दिन आग्रह

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओमानमा जारी टी–२० विश्वकप एसिया–इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । दाहालले जारी गरेको सन्देशमा भनेका छन्, ‘देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ देखाइएको […]

राजनीति समाचार

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्  । संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र […]

मनोरन्जन समाचार

जेरी अन टप’ यही शुक्रबारदेखि देशभर रिलिज हुँदै, कलाकारद्वारा फिल्म हेरेर माया दर्शाउन आग्रह

काठमाडौं । यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जेरी अन टप’ ले आज राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मका बारेमा जानकारी दिएको छ । कार्यक्रममा कलाकारहरूले फिल्मप्रति दर्शकको साथ र मायाको अपेक्षा व्यक्त गरेका छन् । फिल्मका प्रमुख अभिनेता अनमोल केसीले स्वास्थ्य समस्या भएका कारण प्रचारप्रसारमा सक्रिय हुन नसकेको स्पष्ट पार्दै फिल्मलाई दर्शकले साथ […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रभु साहले दिए वर्तमान व्यवस्थालाई दलतन्त्रको ओढारको संज्ञा

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् । बुधबार नेपालमा वर्तमान विषम परिस्थितिको बारेमा आफ्नो धारणा राख्दै उनले अहिलेको सिस्टमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । वर्तमान व्यवस्थालाई उनले दलतन्त्रको ओढारको संज्ञा दिए । दलतन्त्रको लुट र […]

मुख्‍य समाचार विशेष समाचार समाचार

कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।  जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो । महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो । बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने […]

अर्थ मुख्‍य समाचार समाचार

२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २८ महिनादेखि जलविद्युत कम्पनीहरूको आईपीओ र राइट सेयर निष्कासनमा भएको ढिलाइले निजी ऊर्जा क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकार र धितोपत्र बोर्डलाई तत्काल समाधान गर्न चेतावनी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले धितोपत्र बोर्डको ढिलासुस्ती र नियमनको नाममा अवरोधका कारण निजी क्षेत्रले झन्डै १ […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री  कार्कीद्वारा विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् । बुधबार एक प्रेस विज्ञाप्ती जारी गर्दै उनले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले एकदमै दुखद तुल्याएको बताइन् । साथै, उनले अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण […]

मधेश मुख्‍य समाचार समाचार

मधेशमा सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । यसक्रममा नेपाली कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरिएको हो । यसअघि बिहान […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी

जनकपुर  । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ । सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमती गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितीमा हिजो राती गठबन्धनबीच सहमती भएको हो । जनमत […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

जेनजी आन्दोलनपछि मेडागास्करमा सेनाको सत्ता कब्जा, फरार राष्ट्रपति भन्छन्: अझै पदमा छु

काठमाडौं । मेडागास्करमा जेनजी आन्दोलन चर्किएसँगै सेनाको विशेष इकाइ ‘क्यापसाट’ले सत्ता कब्जा गरेको छ। सेनाको समर्थनपछि राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भागेका छन् भने उनको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। राष्ट्रपतिको कार्यालयले मंगलबार जारी वक्तव्यमा एक विशिष्ट सैनिक इकाइले असंवैधानिक रूपमा शासन नियन्त्रणमा लिएको भन्दै निन्दा गरेको छ। सरकारविरुद्ध जारी प्रदर्शनबीच आएको सत्ता कब्जालाई […]

कोशी पर्यटन मुख्‍य समाचार समाचार

कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि […]