२० असार २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

विश्वकपमा मेस्सीको अर्को किर्तिमान : लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

खेलको २९औं मिनेटमा मेस्सीले गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । यससँगै उनको विश्वकपमा व्यक्तिगत गोल संख्या २० पुगेको छ । विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनले आफ्नो कीर्तिमान अझ मजबुत बनाएका छन् ।

तथ्यांक संस्था अप्टाका अनुसार मेस्सी विश्वकपका दुई फरक संस्करणमा सात–सात गोल गर्ने पहिलो फुटबलर पनि बनेका छन् । उनले कतारमा सम्पन्न २०२२ को विश्वकपमा सात गोल गरेका थिए भने जारी २०२६ संस्करणमा पनि सात गोल पूरा गरेका छन् । यससँगै उनी गोल्डेन बुटका प्रमुख दाबेदारमध्ये एक बनेका छन् ।

नकआउट चरणको यो खेलअघि मेस्सी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६–६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा अग्रस्थानमा थिए । केप भर्डेविरुद्धको गोलपछि भने मेस्सी एक्लै शीर्ष स्थानमा उक्लिएका छन् ।

पहिलो हाफमा अग्रता लिए पनि अर्जेन्टिनाले त्यसलाई जोगाउन सकेन । दोस्रो हाफको ५९औं मिनेटमा केप भर्डेडेरोय डुआर्टेले बराबरी गोल गर्दै खेल १–१ को अवस्थामा पु¥याए ।

त्यसपछि मेस्सीले लगातार आक्रमण सिर्जना गरे पनि केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

यस खेलअघि नै मेस्सीले विश्वकपमा ३०औं खेल खेलेर अर्को कीर्तिमान बनाएका थिए । उनी फिफा विश्वकपमा सर्वाधिक ३० खेल खेल्ने पहिलो फुटबलर बनेका छन् । साविक विश्वविजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा छ ।

अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाए । त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए । तर, १११औं मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा केप भर्डे पराजित हुन पुग्यो ।

साविक विश्व विजेताविरुद्ध नवप्रवेशी केप भर्डेले उत्कृष्ट प्रदर्शन गरेपनि हारबाट जोगाउन सकेन । केप भर्डेलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected