१६ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा

काठमाडौं । नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ । दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो

विराटनगर । झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पहिलो भेट र योजना काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ […]

अर्थ मुख्‍य समाचार समाचार

सोमबार सुनको मूल्य स्थिर 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको […]

खेलकुद

मलोर्काविरुद्ध रियल बेटिसको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगामा मलोर्काविरुद्ध रियल बेटिसले ३–० को सानदार  जित हासिल गरेको  छ । यो जीतसँगै बेटिसले लिग तालिकामा आफ्नो स्थान थप बलियो बनाएको छ । पहिलो हाफ सकिनुअघि ३७औं मिनेटमा अब्दे एज्जाजुलीले अर्को गोल थपेसँगै रियल बेटिस ३–० ले विजयी बनेको हो । खेलको सुरुदेखि नै  मलोर्कामाथि दबाब बनाएको  बेटिसका लागि युवा […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनार्दन शर्माद्वारा पार्टी एकता प्रक्रियामा असहमति : ‘पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि बढाइरहेको पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । शर्माले वर्तमान एकता प्रयास जेनजी आन्दोलनको भावना विपरीत रहेको बताएका छन् । शर्माले भने, ‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु । मैले यो कुरा भनिदिएको छु ।’ उनले […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन […]

अन्तर्राष्ट्रिय समाचार

युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् । फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् । उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए । अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं  ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले बैठकको एजेण्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्ययोजनालगायत केन्द्रीय कार्यकारिणी समितिको बैठकको एजेण्डा […]

मधेश मनोरन्जन मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न

जनकपुर । जनकपुरधाममा सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले जनकपुरधाममा मैथिली विकास कोषले विगतको वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । आइतबार साँझ ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा महोत्सवमा विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले महोत्सवमा भाग लिएका थिए । उनीहरुले सामा गीत प्रस्तुत गर्दै […]

पर्यटन मुख्‍य समाचार विशेष समाचार समाचार

गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

काठमाडौं । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रदेशका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्रीले भनिन् – ‘निर्वाचित सरकारबिनाको स्थायित्व सम्भव छैन ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भनिन्, ‘हामी राजनीतिक नेता होइनौँ । भदौ २३ गतेअघिसम्म यस्तो परिस्थिति आउला भन्ने अनुमान पनि थिएन । त्यो दिन […]

खेलकुद मुख्‍य समाचार समाचार

भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो । भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो […]