१६ आश्विन २०८३, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ । ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे । जोस […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा मौसम साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

आईसिसी विश्वकप लिग–२ : घरेलु मैदानमा यूएईको लज्जास्पद हार

काठमाडौं ।  आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा यूएईले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ । घरेलु मैदानमा भएको खेलमा अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट भएको हो । यूएई अमेरिकासँग २४३ रनले पराजित भएको हो । अमेरिकाले ५० ओभरमा तीन विकेट गुमाउदैँ २९३ रन बनाएको थियो । २९३ रनको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताए । दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुनेक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै उनले यस्तो बताएको राष्ट्रपतिका […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन् : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी आएका समाचारप्रति सत्यता नभएको बताएका छन् । सोमबार अपरान्ह सामाजिक संजालमार्फत उनले मन्त्री पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले भनेका छन्,‘विभिन्न सञ्चार माध्यम र […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टीबाट अलग भएकाहरुका लागि एमालेको ढोका सँधै खुला छ: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताएका छन् । सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले घरबाट बाहिर गएका सन्तानलाई घर आउछु भन्दा अनुमति लिनु नपर्ने भन्दै एमालेबाट अलग भएकाहरुलाई आफ्नै घर फर्किनको लागि कुनै […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले भ्रष्टाचार […]

कर्पोरेट बैंक–वित्त समाज

एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त

काठमाडौं । एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सिइओ पदमा शाक्यलाई नियुक्ती गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत शेयरधनीहरुलाई जानकारी दिएको छ । शाक्यसँग भएको सम्झौता अनुसार आगामी ३० दिनभित्र उनले काम सुरु गर्ने बताइएको छ । रोशन […]

अनौठो संसार अन्तर्राष्ट्रिय समाचार सूचना प्रविधि

चीनमा एयर शो: एरोबेटिक टोलीहरूले देखाए अद्भुत कला

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नान्चाङमा आइतबार नानचाङ एयर शो तथा एभिएसन इन्डस्ट्री एक्स्पोको आयोजना गरिएको छ । जसमा आठ एरोबेटिक टोलीहरूले आफ्नो अद्भुत सीप प्रदर्शन गरेका थिए। सहभागी टोलीहरूमा चिनियाँ वायुसेनाको एभिएसन युनिभर्सिटीको ‘स्काई विंग’ एरोबेटिक, रूसको ‘वारियर्स’ एरोबेटिक टोली र कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना, लिमिटेडका सी ९१९ र सी ९०९ […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको छः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई घाइते बनाएको भन्दै यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ […]